Latest News

राजतन्त्र पुनरागमनको विषयमा सर्वसाधरणलाई सोध्नुपर्छ : ज्ञानेन्द्र शाहा

पूर्वराजा ज्ञानेन्द्र शाहा त्यति साह्रै सञ्चार माध्यममा आउँदैनन् । तर, उनको ७० औं जन्मदिनको उपलक्षमा एक चर्चित आरजे सविना कार्कीले उनको अन्र्तवार्ता लिएकी छिन् । राजतन्त्रको पुनरागमनको विषयमा थुप्रै हल्लाहरु भएको बेला पूर्व राजाको जन्मदिन निकै चर्चाको विषय बनेको थियो । साबकास्का लागि सविना कार्कीले लिएको पूर्व राजा ज्ञानेन्द्र शाहाको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं : सम्पादक

साबकास्टमा यहाँलाई स्वागत छ ।

थ्याङ्क यु ।

हजुरलाई धेरै धेरै ह्याप्पी बर्थ डे ।

थ्याङ्क यु ।

आफ्नो जीवनमा फर्केर हेर्दाखेरि समग्रमा कस्तो रह्यो जस्तो लाग्छ ?

राम्रै लागेको छ । जीवन भनेकै कुरा त्यस्तो हो । कहिले घाम लाग्छ कहिले पानी पर्छ । जीवननै त्यही हो । फूल पनि हो पानी पनि हो । यी दुवैमा धर्यसाथ जीउन जान्नु नै जीवन हो ।

हजुरका कति मिठा रचनाहरु हामीले सुनेका छौं । अहिले त्यस्तो केही छ की छैन यहाँको कुनै लेटेस्ट रचना ?

छ । नभएको होईन ।

हामी प्रतिक्षा गर्दैछौं कहिलेसम्म आउने हामी आशा गर्नसक्छौं ।

त्यो अब हेर्दै जाउँ । कुनैदिन म फेरी निकालौंला ।

त्यो कुनै लाईन हामीसँग शेयर गर्न मिल्छ ?

अहिले म भन्दिन ।

हजुरबुवाभन्दा पहिले श्रीपेच पहिरिनु भएको तपाईंको जीवन वास्तवमै भन्नुपर्दा सोधकर्ता तथा ईतिहासविदहरुको लागि अदितिय छ । तपाईंका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्दा एक राजालाई साधारण नागरिकको जीवन कस्तो लागिरहेको छ ?

हाँसो… । मलाई नेपाली भएर बाँच्नपाउँदा असाध्यै खुसी लागेको छ । राजा होस वा नहोस् त्यो अर्को कुरा भयो । त्यो पनि मैले चाहेर भएको होईन । दुई पटक नै त्यस्तो भएको होईन । त्यस्तै परिस्थितिले मलाई त्यस्तो जिम्मेवारी दिएको हो । अहिले सर्वसाधारण भएर बाँचेको यो समयमा नेपाली भएर बाँच्न केही अफ््टेरो भएको छैन । राम्रै लागेको छ । नेपालका बाँच्नु मेरो लागि सौभाग्य जस्तो लाग्छ ।

फर्केर हेर्दा कुनै कुरामा ग्लानी छ यहाँलाई ?

त्यस्तो केही छैन ।

एक जमातमा राजतन्त्र पुनारागमनको आश जागिरहेको छ । यो संभावना केस्तो देख्नुहुन्छ ?

त्यो मलाई सोध्ने होईन । तपाईंहरुले सर्वसाधरण जनतालाई सोध्नुपर्छ ।

मठमन्दिर घुम्नु हुन्छ पुजापाठमा पनि सक्रिय देखिनुभएको छ । कस्तो पनि कुरा आएको छ भने, हिन्दु धर्ममा राजतन्त्र प्रति आस्था राख्नेहरुलाई आफ्नो अनुकुल रुमल्लीएर राख्ने रणनीति भन्नेहरुलाई के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । सबैधर्मको काम शान्ति ल्याउनु, शान्ति छाओस् भन्नु र देशमा अमन्चयन होस् भन्ने नै हो । सबैले एउटा आस्थामा विश्वास गर्छन् । त्यही विश्वासले हामी अगाडी बढ्नुपर्छ । अरु अर्थ लगाएर हिड्नु हुन्न ।

सक्रिय राजनीतिमा आउने संभावना छ कि छैन ?

त्यो पनि तपाईंले सर्वसाधरणलाई सोध्नुपर्छ । मलाई होईन ।

हिमानी ट्रष्टमा तपाईंको संरक्षण छ कि छैन ?

हिमानी ट्रष्टमा मेरो सच्चिकै संरक्षण छैन । संरक्षण भनेर मेरो श्रीमतिको छ । मेरो होईन । तर, मेरो आफ्नै बुहारीले गरेको काममा मेरो चासो नहुने असाधारण नै हुन्छ ।

नाती नातिना के बनुन् जस्तो लाग्छ ?

सबैभन्दा पहिले नेपाली बनोस् जस्तो लाग्छ ।

कुनै नेपाली गीत जुन यहाँलाई अत्यन्तै मन पर्छ  ।

छैन त्यस्तो मैले सम्झन्न ।

हवस् पुन यहाँलाई जन्मदिनको मंगलमय शुभकामना ह्याव अ बेस्ट एयर अहेड ।

थ्याङ्क यू । बेस्ट अफ लक कास्टिङ् । आई होप इट अल सक्सेस ।
Loading...