Latest News

गुल्मी; ७५ वर्षिया बृद्धाको बलात्कार प्रयासपछि हत्या !!

गुल्मी –केहि दिनअघि घरमा मृत अवस्थामा फेला परेकी गुल्मी मुसिकोटकी ७५ वर्षिया बृद्धाको बलात्कारको प्रयास गर्ने क्रममा एक युवाले हत्या गरेको खुलासा भएको छ । वैशाख २४ गतेका दिन मुसिकोट–४ की ७५ वर्षिया बृद्धा कौशिला थापा घरमा मृत फेला परेकी थिईन् । निजलाई उक्त दिन सोही स्थानका २१ व्र्षिय मित्रलाल कामीले वलात्कारको प्रयासका क्रममा खाटबाट तल खसाल्दै टाउकोमा गम्भीर चोट लगाएको र सोही क्रममा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए । उनले मृतक महिलाका छोरा कृष्णबहादुर थापा संग दिनभरी वसेर रक्सी खाएको र छोरा कृष्ण केहि वेर घर देखि वाहिर गएको मौका छोपी उनकी आमालाई वलात्कारको प्रयास गर्ने क्रममा हत्या गरेको निजले स्वीकार गरेको रावलले बताए ।
Loading...