Latest News

प्रचण्डालाई अर्को झडका: एमाओवादी केन्द्रका तीन दर्ज नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश

३० जेठ । एमाओवादी केन्द्रका लगभग तीन दर्जन नेता कार्यकर्ता नयाँ शत्ति नेपालमा प्रवशे गरेका छन् । नयाँ शक्ति कतार शाखाले आयोजना गरेको एक कार्यक्रमकाबीच उनीहरु नयाँ शक्ति नेपालमा प्रवशे गरेका हुन् ।

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आइतबार पार्टी घोषणा गर्नुका साथै आफ्नो अभियानदाई देशव्यापी अभियान नै थालेको छ । अन्तराष्ट्रिय नेपाली समाज कतार (नयाँशक्ति कतार) अन्तर्गत दोहा क्षेत्रले दोहास्थित बिक्रम्पुरमा क्षेत्रीय भेला भएको छ । भेलालले संस्थापक सदस्यको सदस्यता बितरण गरेको छ ।


नयाँ शक्ति नेपालको भातृ सगंठनको रुपमा काम गर्दै आएको नयाँशक्ति कतारले आफ्ना गतिबिधी गर्दै आएको छ । भेलाले कतारमा अन्तरिम परिसदको अध्यक्षमा हिमाल राज विश्वकर्मालाई चयन गरेको छ ।

राजन तमाङ्ग उपसंयोजक सहित ४१ सदस्यीय क्षेत्रीय कमिटी सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा बि बि खराल (रोशन)ले नयाँ शक्तिलाई देखेर पुराना पार्टीका नेताहरु हतोत्साहित नहुने र सरकार ढलाउने र गिराउने सोचमा नभएको बताए । देशमा आर्थिक क्रान्तिको जरुरत भएको र यसलाई आत्मन्निर्भरतातिर लैजानु पर्ने बताए । उनले सरकारले जनताको दैनिक समस्या र असन्तुष्ट पक्षको जायज मागलाई वार्ताद्वारा टुङ्ग्याउन आग्रह गरे ।


कार्यक्रममा एमाओवादी केन्द्रमा आवद्व तत्कालिन सरकारबाट पिडीत सहिद परिवारका सदस्य टेक प्रसाद गोतामेका अलावा क्षितिज किरण गैरे लक्षण नहवाग पाण्डे, भुवन वर्देवा, सुवास परिवार, धन बंहादुर रुचाल, राजु प्यासी, लाल बहादुर सुनार, रमेश परियार ,शिव परियार, नरनदिप भुसाल, शुक्रराज सुन्दास, विजय परियार, चित्र बहादुर परियार, मणिलाल वि.क, सुवास सुन्दास, उमेस नेपाली, लिला बहादुर घिसिङ, दिप बहादुर घिसिङ, सुजन बराल,,झप्पट बहादुर थापा, दिल बहादुर पुलामी, चुर्न बहादुर चौधरी, राजु तमाङ, मोहित कुवर, मनिराम चौधरी, राजेस भुजेल, जबाहर लामा, भीम लामा , सन्देस भट्टराई, देवी वाईवा, निराज बोलोन, प्रेम लामा ,बुद्धिमाया वाईवा, विष्णु लिम्वु , प्रमिला मगर, निरकाजी तमाङ, सुनिता बुढाथोकी, राज बिबस्, सन्त बिश्वकर्मा, अनिल जिसी, राज लामा, भबिन बिश्वकर्मा, बुद्धि परियार, मिलन रुचाल, तुल बहादुर परियार, तबिता गजमेर, बिनिता केसी, लिना श्रेष्ठ, होम बहादुर बुढाथोकी, कृष्ण बिसि, मीन म्याग्दी लगाएत कांग्रेस र एमाले परित्याग गरि नयाँ शक्तिमा प्रबेश गरेका छन् ।

-
Loading...