Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

ओखलढुंङगाको खानेपानी योजनाको ६० लाख कांग्रेस नेताको खल्तिमा (फोटो फिचर सहित) !!!

काठमाडौ । ओखलढुंगा जिल्ला प्राविधिक कार्यालयको ‘थ्री आर डी’  मार्फत खानेपानीका लागि दियाले गाविसको वडा न ७, ८ र ९ का लागि छुट्टाइएको ६० लाख नेताको खल्तीमा पुगेको छ ।

२०६७\६८ सालमा दियाले गाबिसका ७, ८ र ९ का स्थानीय जनतालाई पिउनेपानी सुविधाका लागि ‘थ्री आर डी’ मार्फत छुट्टाइएको स्थानीय नेपाली कांग्रेसका युवा नेता राजकुमार ढुंगाना र शिव ढुंगानाको मिलोमतोमा व्यापक भष्टचार गरिएको खुल्न आएको छ ।1ढुंगानाले खानेपानीका लागि छुट्टाइएको ६० लाखम बजेटमा १० प्रतिशत काम गरेर रकम हिनामिना गरेको स्थानीय सरोकारवाला बताउछन ।

खानेपानी आयोजनाको मुख्य टयाँकी देखि धारा बनाउन समेत कमसल सामग्री प्रयोग गरेको र मापदण्ड अनुसारका टयांकी र धारा नबनाएको ।8

टयाकी देखि धारासम्म पुग्ने पाइप तीन फिट गहिराइमा पुर्नु पर्नेमा रुखमाथिबाट टागेर लगेको तथा बारीका कान्ला कान्ला लथालिंग तरिकाले तानिएको तथा मुहानमा इन्टेक टयांकी बनाउनु पर्नेमा खुल्ला रुपमा फोहोर पानी आउने बनाएको लगायतका काम गरेर रकम हिनामिना गरेको श्रोत बताउछ ।5खानेपानी उपभोक्ता समूहमा राजकुमार अध्यक्ष र शिव ढुंगाना सचिव हुन । 

अध्यक्ष र सचिव मिलेर लाखौ रुपैया हिनामिना गरी स्थानीय जनतालाई पानी असुविधा बनाएको भन्दै स्थानीय सरोकारवालाहरुले जिल्ला, क्षेत्र हुदै अख्तियारसम्म निवेदन दिइसकेको भएपनि अख्तियारले समेत कुनै चासो नदेखाएको सरोकारवालाले बताएका छन ।
4जसको कारण खानेपानी आयोजनाको रकम हिनामिना गर्ने ढुंगानालाइ अख्तियारले आश्रय दिइरहेको सरोकारको गुनासो छ ।
Loading...