Latest News

काठमाडौं कुलेश्वरमा चितुवा पस्यो, नियन्त्रण प्रयास जारी !!

जधानीको कुलेश्वरमा चितुवा फेला परेको छ। बुधबार बिहान साढे ८ बजेतिर कुलेश्वरको गौरिशंकर सडकमा नरेन्द्र पौडेलको घर कम्पाउण्डभित्र छिरेको थियो ।
चितुवाले आक्रमण गर्नसक्ने भन्दै प्रहरीले वरपरको सडक बन्द गरेर आवत-जावतमा रोक लगाएको छ।

कालिमाटी प्रहरीका अनुसार अहिले पौडेलको घर कम्पाउण्डबाट भागेर चितुवा चित्रबहादुर श्रेष्ठको घर कम्पाउण्डमा पुगेको छ।
महानगरीय प्रहरी प्रभाग कालिमाटीका डिएसपी हेम थापाले पनि चितुवा नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए। प्रहरी, चिडियाखाना र वनका कर्मचारी चितुवा समात्न कुलेश्वर पुगेका छन्।

-
Loading...