Latest News

विप्लव माओवादीद्वारा आज काठमाडौंका विद्यालय बन्द आह्वान !!

२१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक र विद्यार्थी संगठनहरुले मंगलबार काठमाडौंका सबै विद्यालय बन्द आह्वान गरेका छन् ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहाइको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले विद्यालय बन्दको घोषणा गरेका हुन् ।

शिक्षा अधिकारी गौतममाथि यही वैशाख १५ गते दुर्व्यवहार गरेको भन्दै प्रहरीले विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा सोमबार अखिल क्रान्तिकारीले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए । धर्नामा बसेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई तत्काल नछाडिए अनिश्चितकालका लागि शैक्षिक हड्ताल गर्ने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।
Loading...