Loading...
काठमाण्डु, १९ जेठ– अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेपछि पूर्वअर्थमन्त्री रामशरण महतले बजेटको चर्को विरोध गरेका छन् । उनले बजेटको सूचना चुहाएको, वितरणमुखी बनाएर महंगी बढाउन खोजेको, बृद्धभत्ता दोब्बर पारेर गलत काम गरेको जस्ता आरोप महतका छन् ।
एक वर्ष अघि उनले बजेट प्रस्तुत गरेपछि कांग्रेस नेतृ सुजाता कोइरालाले महतलाई दलालको संज्ञा दिँदै उनलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएकी थिइन् । २०७२ साल साउन १ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर सुजाताले भनेकी थिइन् ‘ प्रजातन्त्र समाप्त पार्न रामशरण महत जस्ता दलाल लागि परेका छन् । यी दलालहरुलाई हामीले पार्टीबाट आजै निष्कासन गर्नुपर्छ । ’
नेतृ कोइरालाले त्यसबेला रामशरणलाई बाध्यताका कारण पार्टीमा ल्याउनु परेको उल्लेख गरेकी थिइन् । संयुक्त राष्ट्र संघको सामान्य जागिरे महतलाई पार्टीले धेरै अवसर दिँदा पनि उनले जीवनमा कहिले पनि गिरिजाबाबुलाई समेत सहयोग नगरेको आरोप सुजाताको थियो ।

उनले भनेकी थिइन्, ‘महतले कहिले पनि अर्थतन्त्रमा पनि राम्रो काम गर्नुभएको छैन । उहाँ जस्तालाई पार्टीबाट निष्कासन नगरेसम्म कांग्रेस कहिल्यै सुध्रने छैन । ’
डिभी पिआर लिने नेपाली राष्ट्रसेवकविरुद्ध तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कानुन बनाउने तयारी गरिरहेको बेला सुजाताले महतलाई ग्रिनकार्ड कसुरमा जेल हाल्नु पर्ने उल्लेख गरेकी थिइन् । उनको भनाइ थियो, ‘महतको ग्रिनकार्ड खोज्नु पर्छ र जेल हाल्नु पर्छ । लालबाबुजीलाई धन्यवाद दिन चाहन्छु ।’
Loading...

Social Buttons