Loading...
लुम्बिनी, ८ जेठ । २५६० औं बुद्ध जयन्तीका अवसरमा शनिबार विहानै बुद्ध जन्मस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ योजनाको घोषणा गरेका छन् ।
लुम्बिनीमा आयोजित २५६० औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अटाउने सभाहलको भवन बनाउने घोषणा गरेका हुन् ।
उनले यो काम एक वर्षभित्रै पूरा गर्न प्रयास गरिने समेत बताए । ‘सकेसम्म एक वर्षभित्र निर्माण सक्नेछौं । काम गर्दै जाँदा ढिला भयो भने डेढ वर्ष लाग्ला, तर सकेसम्म छिटो गर्नेछौं,’ उनले भने ।
प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती उदघाटन समारोहबाटै सभाहल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
उनले यस्तो घोषणा गरेलगत्तै देश-विदेशका प्रतिनिधि तथा भिक्षुहरुले ताली बजाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा तालीको वर्षा भएको थियो ।
-
Loading...
Social Buttons