Loading...
काठमाडौँ: नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालले छिट्टै स्विटजरल्यान्ड जस्तै समृद्धि हासिल गर्ने बताएका छन्।
नेपाली कांग्रेस र राप्रपाका कार्यकर्तालाई नयाँ शक्तिमा स्वागत गर्दै भट्टराईले नेपालले छिट्टै स्विटजरल्यान्ड जस्तै समृद्धि हासिल गर्ने बताएका हुन्।
भट्टराईले भने, 'जर्मनी, फ्रान्स र इटालीका बीचमा रहेको सानो राष्ट्र स्विटजरल्यान्ड समृद्धिको शिखरमा पुगेको उदाहरण हामी सँग छ। भारत र चीनको बीचमा रहेको नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्छ।'
नेपाल र नेपाली जनताको आफ्नै परिचयसहितको जीवन बिताउनका लागि नयाँ राजनीतिक पहलको जरुरी रहेको उनको भनाइ छ।
उनले भारत र चीनजस्ता ठूला छिमेकी मुलुकका बीचमा रहेर पनि नेपालले आफ्नै परिचय स्थापित गर्नुपर्ने समेत उल्लेख गरे।
नयाँ शक्ति कुनै पुरानो पार्टीको रुप नभएको भट्टराईको दाबी छ। 'पुरानो घरको छानामात्रै फेरेर नयाँ शक्ति बन्दैन', उनले भने, 'त्यसैले यो जगैदेखि नयाँ पार्टी हो, यो कुनै पुरानो पार्टीको नयाँ रुप होइन।'
कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा नेपालका केही नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरिएको छ। रासस
-
Loading...
Social Buttons