Loading...
काठमाडौं, १७ जेठ– कांग्रेस नेतृ सजाता कोइरालाले केपी ओली नेतृत्वको सरकारले विकासका लागि गरेको हिम्मतमा कांग्रेसले साथ दिनु पर्ने वताउनु भएको छ । इमेज च्यानलको ‘अलगधार’ कार्यक्रमका लागि दिइएको अन्तरवार्तामा कोइरालाले ओलीलाई असहयोग गरेर कांग्रेसले भावी पुस्ताको भविश्यलाई बिगार्ने काम गरेको वताउनुभएको छ ।
‘रेल ल्याउने कुरा पनि सत्य हो, सरकारले बजेटमै छुट्याइएको छ । त्यो पोखरा हुँदै लुम्बिनी जान्छ । के हामीले त्यसलाई खराव भन्ने ? भारतले पनि गर्दैछ, लखनौमा पनि बजेट छुट्याएको छ । म भर्खर लखनौमा गएर त्यहाँको नेताहरुलाई भेटेर आउँदैछु । युपीबाट ट्रेन आउँछ लुम्बिनीसम्म । चाइनाबाट टे«न आउँछ लुम्बिनीसम्म । के यो नेपालका लागि नराम्रो हो ?’ कोइरालाको भनाई छ, ‘यो योजनाले अब आउने पुस्ताको भविश्य राम्रो बनाएको छ, त्यसलाई हामीहरु नेपाली कांग्रेसले बिगार्ने ? प्रधानमन्त्रीले मुलुक बनाउने त्यत्रो आँट गर्नु भएको छ त्यसलाई साथ नदिने ?’
- सरकारले भारतको युपी र चीनबाट लुम्बिनीसम्म रेल ल्याउने योजना बनाएर बजेट समेत छुट्याएको छ, भावी पुस्ताको भविश्य कांग्रेसले बिगार्ने ?
- बीपी र गिरिजाबाबुले भनेको जस्तै आर्थिक विकासको काम गर्ने त्यत्रो आँट गर्ने केपी ओलीलाई कांग्रेसले साथ नदिने ?
- आफ्नो पार्टीमा गुटबन्दी गर्ने पावरमा पुग्न सरकार ढाल्ने प्रतिपक्षको सही काम हो ? राम्रो कामलाई सहयोग गर्नु पर्दैन ?
- कसको सल्लाहमा सरकार ढाल्ने असफल प्रयास गरेका हुन् ? मैले त्यस्तो नगर भन्द्या थिएँ साथीहरुलाई ।
ओली सरकारलाई सहयोग गर्नु पर्ने आफ्नो विचारका पक्षमा जिल्ला जिल्लाबाट कांग्रेसका कार्यकर्ताले फोन गरेर बधाई दिएको कोइरालाले वताउनु भएको छ । ‘ग्यासको उत्खनन् गर्छु, पाइपलाइनमा ग्यास दिन्छु भन्दा नराम्रो भन्ने ? हामीले पेट्रोलियम पदार्थ कति छ भनेर उत्खनन् गर्दा त्यसलाई नराम्रो भन्ने ? यस्ता राम्रा कुरालाई त हामीले वेलकम गर्नुपर्छ’ कोइरालाले भन्नु भयो, ‘म भर्खर पार्लियामेन्टबाट फर्केको छु, नेपाली कांग्रेसका साथीहरुले गाउँ गाउँबाट फोन गरेर मलाई बधाई भन्नु भएको छ । तपाईंले सही कुरा गर्नु भएको छ सुजाताजी, नेपाली कांग्रेस मेलमिलाप सहमति र सहकार्यको बाटोमा अघि बढ्नु पर्छ भन्नु भएको छ ।’
देशको विकास युवाहरुको भविश्य बनाउन कांग्रेसले ओली नेतृत्वको सरकारलाई कांग्रेसले साथ दिनु पर्ने कोइरालाको विचार छ । ‘देशको विकास गर्नु पर्छ, मुलुकलाई अघि बढाउनु पर्छ । अव के युवाहरुको भविश्य बनाउनु परेन ?’ कोइरालाले भन्नु भयो, ‘मैले बारबार भनिराखेको छु, नेपाली कांग्रेसले यो सरकारलाई साथ दिनु पर्यो ।’
बीपी र गिरिजाप्रसाद कोइरालाले पनि लोकतन्त्रलाई बलियो बनाउन आर्थिक विकास गर्नु पर्ने कुरा गरेको वताउँदै नेतृ कोइरालाले ओली नेतृत्वको सरकारलाई उसको अवधीसम्म काम गर्न दिनु पर्ने वताउनु भयो । ‘एउटा प्रधानमन्त्रीलाई उसको अवधीसम्म चलाउन दिनु पर्छ । जुन विकास सरकारले गर्न खोजिरहेको छ त्यसमा बाधा हुन्छ । बीपी र गिरिजाबाबुले पनि आर्थिक उन्नतीले मात्रै लोकतन्त्र सस्टेन हुन्छ भन्नुहुन्थ्यो । गिरिजाबाबुलाई लोकतन्त्र आएपछि के गर्ने गिरिजाबाबु भन्दा उहाँले साथीहरु पनि कस्तो कुरा नबुझ्ने त्यसपछि त आर्थिक विकास गर्नु पर्छ भन्नुहुन्थ्यो’ कोइरालाको भनाई थियो ।
प्रधानमन्त्री ओलीले विकासको योजना अघि बढाउँदा त्यसलाई मजाकका रुपमा नलिन पनि कोइरालाले आग्रह गर्नु भएको छ । ‘ओलीजीको मजाक गरिरहेका छन्् हाँसिरहेका छन् । म के भन्छु भने उहाँले जुन कुरा गर्नु भएको छ । उहाँको कुरामा सत्यता छ । नेपालमा ग्यासको धेरै सम्भावना छ । मोरङमा पेट्रोलको भण्डार छ । यो भन्दा अगाडि हामी राजनीतिक स्वतन्त्रताका लागि लड्भिड् गर्यौं अव राम्रो मौका आएको छ विकास गर्ने, ओलीजीले भनेका कुरा एकदमै ठीक छन्’ कोइरालाको भनाई छ ।
उहाँले सरकार परिवर्तन गर्न लागेर कांग्रेसले गलत काम गरेको पनि वताउनु भएको छ । ‘सरकार परिवर्तन गर्न लागेर कांग्रेसले गलत गर्यो । कता सल्लाह लिएर गरेको हो, हामीसित त सल्लाह लिएको पनि छैन । मैले त नगरौं यस्तो काम भनेर साथीभाइलाई भन्या हो’ कोइरालाको भनाई छ, ‘प्रतिपक्षको भूमिका सही हुनुपर्छ, सहीलाई सही भन्ने गलतलाई गलत भन्ने । सही कामलाई साथ दिनु पर्छ, आफ्नो संगठनलाई बलियो बनाउनु पर्छ । आफू संगठन नबनाउने, पावरमा आउन सरकार ढाल्छु भनेर हुन्छ ? त्यस्तो गर्न मिल्छ ?’
अन्तर्वार्ताको भिडियो हेर्नुहोस्:
Loading...

Social Buttons