Latest News

यहि हो नेपालको गणतन्त्र ? बरु राजतन्त्रनै ठिक थियो ।

समय सदै एकनासको हुदैन कैले हुरी बतास लाग्छ त कैले बादल अनि कैले खुला आकाश यही घटना क़म चलिरहेछ नेपाली राजनितिमा । तत्कालिन निरन्कुस राणा शासन हटाउन माग गर्दै कांग़ेसले २००७ सालमा आन्दोलन गऱ्यो पछि २०१७ सालमा त्यो पनि गुम्यो २०३६ मा जनमत त्याहा पनि राजनितिक दलको कसरत तुहिएकै हो ।

घटना क़म हेर्ने हो भने राजनितिक दलले जितेको कुनै घटना छैन आंशिक जित को कुरा ब्यग्लै हो! र २०६२ / २०६३ कथित जनआन्दोलन त झन उपलब्धिन दिशा तर्फ लम्किरहेको तितो यथार्थ हामी सबैले बुजेकै छौ ! प़जातन्त्रमा ५ वर्षमा एक पटक संसदिय चुनाव हुन्थीयो तर गणतन्त्रमा ५ वर्षमा अर्को कथित संबिधान सभाको चुनाव हुने ब्यवस्था आयो अनि कसरी हुन्छ राष्टको हित?? कसैको नाम उच्चारण भयो भने यो बादी र त्यो बादी भनेर आरोप लगाउने प़बृति पहिले देखिकै हो यसमा मलाई आरोप नलगाईयोस ।

राष्ट राष्टियता जनता र धार्मिक सहिष्णुता एकता बद्द गराउने संस्था राज सस्था नै हो यसमा दुई मत छैन! बिकास पनि राजतन्त्र नै भएको बेला भको थियो सायद महेन्द़ राजाले महेन्द़ राजमार्ग निर्माण नगरेको भए पुर्व मेची देखी पश्चिम माहाकाली सम्म गाडी गुड्ने थिएन होला! राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्ने कर्तव्य हाम्रो हो! समय परिवर्तित हुदै गयो केहि वर्ष पहिले बर्षमा एक दूई ठुला ब्यक्ति मृर्त्यु को खबर सुन्दा जीब्रो काट्ने समाज आज परिवर्तित हुदै कमिला सरी मृत्युको खबरमा पनि वास्ता गरिदैन यही बाट प़स्ट हुन्छ नया नेपालको नया कानुन ।

कसरी शान्तिको अनुभूति गर्ने हामी जनताले ? गणतन्त्र त घोषणा भयो तर गणतन्त्रको स्पस्ट अवधारणा के भन्ने बिषयमा नेतालाई प़सस्त अनुभव रहेन ओखर त किन्यौ खान पैस नि खर्च भयो तर ओखर कसरी फुटाउने र खाने भन्ने बिषयमा अनुभव नभएकै कारण कथित गणतन्त्र नै धरापमा रहन पुग्यो । करायो करायो दक्षिणा हरायो भन्ने कुरा प़स्ट छ! गणतन्त्र ले दियो के जनताई ? महंगी हिंसा हत्या बलत्कार डकैटी असुरक्षा राजनितिक खिचातानी सरकार बनाउने ढाल्ने बाहेक गणतन्त्रमा अरू केही देख्न पाहिएन दल र नेता आफ्नो स्वार्थ को पछि लागे बिचरा हामी जनतालाई हातमा लाग्यो सुन्य!!

सि के राउत जस्ता ब्यक्ति आफै जन्मन्नन २०५८ अगाडी शान्त राजनिति थियो पछि निकै परिवर्तन भयो र अस्थिरतामा परिणत भएरै छोड्यो! राष्ट र राष्टियतामाको बिसयमा निकै उताव चडाब भएकै हो सि के राउतको माग उसको लागी त थिक होला तर सिंगो राष्ट र राष्टियता अनि जनता को हित बिपरीत छ तर सिके राउत जस्तो मान्छे कथित गणतन्त्र मै जन्मीएको हो जन्माउने को ? यस बिसयमा गम्भीरता देखाईएको छैन यसले भविष्यमा अर्कै रूप लिन सक्ने सम्भावना छ नत सरकारलाई चिन्ता छ नत पार्टीका नेतालाई ।

जनता सदै कार्टुन बने पार्टीका नेताले मज्जाले खेलाए यो अव जनताले बुज्न जरूरी छ राष्टियता कमजोर भयो भने राष्ट अनि जनता नै कमजोर हुनु हो राष्टियता कमजोरकै कारण सिके राउतको जन्म गरीयो यो दुरभाग्य हो । जनता राष्ट अनि राष्टियता एक अर्काको परिपुरक हुन यो भाव राजनितिक दलले बुज्न जरूरी छ सदा झुटो आसवासन अनि मीठो राजनितिक भाषण लोभ्याउन खोज्ने राजनितिक दल कदावी सफल हुन सक्दैन !

गणतन्त्र त आयो तर जनताको आधारभुत आवस्यकता कै आउन सकेन खै शिक्षा रोजगार स्वास्थ्य बिजुली दशौ जिल्लामा यी समस्य यथावत नै छन बिकास को त कुरै छोडौ । सधै आफ्नो स्वार्थमा केन्द़ित नेपालको राजनिति को अव अन्त्य होस् अग़िम शुभकामन !
Loading...