Latest News

बृद्ध भत्ता बढाएको भन्दै केपी ओलीलाई जय -जयकार गरि आशीर्वाद दिए बृद्ध आमाहरुले !

काठमाडौं – केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको बजेटले आफूहरूलाई भत्ता बढाएको भन्दै आन्दोलनरत ज्येष्ठ नागरिकहरूले प्रधानमन्त्री ओलीलाई आशीर्वाद दिएका छन् । बजेट घोषणाको भोलिपल्ट आइतवार ज्येष्ठ नागरिकहरूले गरेको
विजय जुलुसमा वृद्धवृद्धाहरूले अहिलेको सरकारको
‘जयजयकार’ गरेका थिए । ‘केपी ओली जिन्दाबाद’को नारा लगाएर काठमाडौँका विभिन्न स्थान परिक्रमा गरे । आन्दोलनकारी ज्येष्ठ नागरिकमध्येकी एक नारायणदेवी न्यौपाने भन्दै हुनुहुन्थ्यो ‘मनमोहनको पालादेखि शुरु भएको भत्ता ओलीको पालामा दुई हजार पुग्यो, ओलीलाई मेरो आशीर्वाद छ ।’

सुरक्षा भत्ताको घोषणा गर्ने अर्थमन्त्रीका बारेमा आन्दोलनरत ज्येष्ठ नागरिकहरूलाई मतलब थिएन, उनीहरूलाई केवल थाहा थियो प्रधानमन्त्रीको नाम । ‘ओलीले दिएको पैसाले फलफूल खान्छु, तीर्थ जान्छु,’ इलामकी ७७ वर्षीया धनकुमारी कुँवरले भन्नुभयो, ‘हामी जस्ता निमुखाको लागि सरकारले दिएको भत्ताले धेरै काम दिन्छ ।’
आन्दोलनको शुरुवाती दिनमा सरकारले चासो नदिएकोले सरकारलाई आफूहरूले गाली पनि गरेको अभियन्ताहरूले बताए । ‘हाम्रा मागलाई बेवास्ता गरेकाले हामीले सरकारलाई गाली पनि ग-यौँ तर हिजोबाट ती सबै गालीलाई हामीले आशीर्वादमा बदलेका छौँ,’ ७९ वर्षीया गंगादेवी रेग्मीले बताउनुभयो ।

Loading...