Latest News

भारतबाट आयो दुःखद खबर, १० नेपालीको एकैचिहान

काठमाडौं, १० जेठ । भारतको देहरादुनमा आइतबार राति गएको पहिरोमा परी १० जना नेपाली कामदारको मृत्यु भएको छ ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको उल्लेख गरेका छन् ।
ओत लाग्न गएका १६ जनामध्ये घाइते ६ जनालाई भने जिवितै उद्दार गरिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरु नेपालबाट सडक निर्माणको लागि देहरादुन पुगेका थिए । पहिरोमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम भइरहेको र अन्त्येष्टि पनि त्यही गरिने बताइएको छ ।
उनीहरु कसैको नाम, ठेगाना र परिचय खुल्न सकेको छैन् । उनीहरु नेपालको कुन जिल्लाका हुन भन्ने पनि खुल्न सकेको छैन् ।
रोजगारीका लागि भारत गएका उनीहरुले भारतीय भुमि मै ज्यान गुमाए । उनीहरुको अब त्यही भुमिमै सामूहिक अन्त्येष्टि गरिनेछ ।
-
Loading...