Latest News

ठूलो परिणाममा कन्डमसहित यौनकर्मी र होटल संचालक पक्राउ !!!

नेपालगञ्ज २० बैशाख । गाउँबाट कामको खोजीमा आउने युुवतीलाई ललाइृफकाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना होटल संचालकलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज–१ धम्बोझीस्थित कालिकोटे होटलबाट जगवीर ऐरीसहित दुई जनालाई पक्राउ गरेको हो ।
सो होटल ऐरी र नातामा उनकी भाउजु पर्नेले संचालन गरेको प्रहरीले जनाएको छ । उनीहरुले गाउँबाट ललाईफकाई युवती ल्याई यौनकार्यमा लगाउने गरेको आरोप छ । प्रहरीले होटलबाट ठूलो परिणाममा कन्डम पनि बरामद गरेको जनाएको छ ।
प्रीति चाउचाउको डब्बामा राखिएका सरकारी स्वास्थय संस्थामा वितरण हुने कन्डम बरामद भएको प्रहरीले जनाएको छ । स्वास्थ्य संस्थाका कन्डम कसरी होटल पुगे भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...