Latest News

छोरी छोरी भन्दा भन्दै नेताले उसैबाट बच्चा जन्माएपछि …


काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र यतिबेला एउटा गजबको चर्चा चलेको छ । चर्चा संविधान निर्माण वा पार्टीले पछिल्लो समय लिएको नीतिका बिषयमा भने होइन । चर्चा हो बहुविवाह र विवाह नगरी बाउ बन्ने नेताको । यो चर्चा एमाओवादी मुख्यालय पेरिसडाँडामा मात्र सिमित छैन, अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटसम्म छ । युद्धकालदेखि छोरी नातामा राखेकि एक युवतीबाट पोलिटब्यूरो सदस्य हेमन्त प्रकाश ओलीले बच्चा जन्माएपछि एमाओवादीभित्र फेरी खैलाबैला मच्चिएको छ ।

विवाह नै नगरी छोरी बनाएर राखेकी युवतीबाट बच्चा जन्मेपछि कारहावी गर्ने वा नगर्ने’ बिषयमा चर्चा सुरु भएको छ । एमाओवादीभित्र प्रभावशाली नेताका रुपमा चिनिने हेमन्तप्रकाश ओली (सुर्दशन) ले युद्धकाल देखि नै आफूसँग राख्दै आएकी अम्बिका चन्दबाट बच्चा जन्माएका छन् । एमाओवादीभित्र उनीहरुबीच अनैतिक सम्बन्ध रहेको चर्चा बेला बेलामा चल्ने गर्दथ्यो । तर ओलीले छोरीका रुपमा राखेको बताउने गरेपछि अन्य नेताहरु चुप लागेर बस्दै आएका थिए ।

पछिल्लो समय छोरी बनाएर राखेकी युवतीबाट छोरा जन्मेपछि उनीहरुको गोप्य सम्बन्ध छताछुल्ल भएको छ । नेता ओलीले पहिलो श्रीमतीबाट जन्माएका छोराछोरी बिहेगर्ने उमेरका भैसकेका छन् । ओली र ती युवतीको सम्बन्धलाई लिएर पार्टीभित्र र बाहिरसमेत पटकपटक कुरा उठे पनि नेतृत्वले वास्ता गरेको थिएन ।

शनिबार एमाओवादी केन्द्रीय समितिको बैठकमै कुरा उठेपछि प्रचण्डले एकपटक स्पष्टीकरण सोधेर ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिने बताएका थिए । प्रचण्डले यस्तो निर्णय सुनाउँदा स्थायी समिति सदस्य जनार्दन शर्माले भने निलम्बनको नाटक रचेर बहुविवाहलाई वैधता दिन खोजिएको टिप्पणी गरिरहेका थिए । बैठकमा भने हेमन्त उपस्थित थिएनन् । ६ वर्षदेखि हेमन्तको प्रेमिका रहेकी जनयुद्दकालीन रेडियो गणतन्त्रकी पत्रकार अम्बिका चन्द गर्भवती भए पछि मात्रै पार्टीले कारबाहीको तयारी थालेको हो । तर, यसलाई अति गोप्य राखिएको छ । पार्टी अध्यक्ष र महासचिवका नाममा जारी गरिएको सर्कुलरमा समेत यसबारे उल्लेख छैन । सानो उमेरमै जनयुद्दमा लागेकी जाजरकोट घर भएकी ठकुरीकी छोरी अम्बिका पार्टी कार्यकर्ता, कलाकार हुँदै रेडियो गणतन्त्रमा कार्यरत भइन् । त्यसक्रममा उनको रोल्पा गजुल घर भएका तत्कालीन जनमुक्ति सेनामा कार्यरत एक दलित छापामारसँग प्रेम विवाह भयो ।

तर, शान्ति प्रक्रियासँगै अम्बिकाको सम्बन्ध रेडियोमै कार्यरत एक पत्रकारसँग नजिकियो, उनले पुरानो सम्बन्ध तोडिन । यस्तैमा उनको हिमचिम हेमन्तप्रकाशसँग बढ्यो । उनलाई हेमन्तले मगरात कार्यालयको जिम्मेवारी दिएर आफूसँगै राखे । त्यतिबेलै पार्टीका नेता तथा कार्यकर्ताले शंका नगरेका होइनन्, तर हेमन्तले आफ्नी छोरी बनाएर कार्यालयमा राखेको बताए भने अम्बिकाले पनि हेमन्तलाई बाबु भनेर सम्बोधन गर्न थालिन् ।

माओवादी सरकारमा सहभागी हुने क्रममा हेमन्तले अम्बिकालाई काठमाडौंमै ल्याएर राखे र बयोध अस्पतालमा सानोतिनो जागिरसमेत लगाइदिए । काठमाडौंमा दुवैको सम्बन्धमा कुनै रोकतोक थिएन । पार्टी नेताले थाहा पाएपनि आँखा चिमिलदिए । पटकपटक अम्बिकाले एभर्सन गर्दै आएकी थिइन् ।

तर, पछिल्लोपटक टाइम पनि केही बढी भएको एवं क्युरेट गर्दा ज्यान पनि जान सक्ने भन्दै डाक्टरले स्वीकृति नदिएपछि हेमन्त प्रेमिकाबाट जन्मने बच्चाको बाबु बन्न लागेका हुन् ।@ यस काठमाण्डु

-
Loading...