Latest News

सशस्त्र प्रहरीका पूर्वआईजीपीहरूलाई यसरी फरार गराइयो !!

काठमाडौं, ७ बैशाख । धरौटीमा राखेर अनुसन्धान गरेका ब्यक्तिलाई पनि फरार अभियुक्त भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन थालेपछि विशेष अदालतका कर्मचारी हैरानीमा परेका छन् । अख्तियारको यस्तो त्रृटिका कारण मुद्दा प्रक्रिया निकै झन्झटिलो हुने र आरोपीहरुले चलखेल गर्ने गरेको विशेष अदातलले जनाएको छ ।

सशस्त्र प्रहरीको भ्रष्टाचार मुद्दामा सवै आरोपीहरु फरार छन् । अदालतका कर्मचारी आरोपीहरुको ठेगाना नभेटाएर हैरान भएका छन् । फरार भएका अभियुक्तहरुलाई उपस्थित गराउन अदालतले समय दिने गरेको छ । सामान ढुवानीको नक्कली बिल बनाएर बर्षैदेखि संस्थागत भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले एक बहालवाला र तीन पूर्व आइजीपीहरुबिरुद्ध मुद्दा दायर गरेको थियो । बयानका क्रममा वोलाई उनीहरुलाई धरौटी रकममा छोडी दिएको थियो । तर मुद्दा दायर भएपछि भने अख्तियारले फरार भन्दै उनीहरुबिरुद्ध मुद्दा चलायो । दृष्टी साप्ताहिकमा समाचार छ ।

Loading...