Loading...
अहिलेसम्म ३ जना श्रीमतीबाट उनका ३५ जना बच्चा जन्मिसकेका छन् । ३५ वर्षका जानका सन्तान मध्ये २१ जना छोरी र १४ जना छोरा छन् । उनको ३९ जनाको परिवार त्यो क्षेत्रमा एउटा चर्चित परिवारको रूपमा छ ।
उनका सन्तानको उमेर बढीमा १६ वर्षदेखि घटीमा एक हप्तासम्म रहेको छ । उनका दुई जना श्रीमतीले गएको हप्तामात्र थप एक वटा सन्तान जन्माएका छन् । जान पेशाले डाक्टर तथा व्यापारी पनि हुन् ।
परिवारको पालन पोषणका लागि महिनामा डेढ लाख रूपैयाँभन्दा बढी खर्च हुने गरेको छ । अल्लाहको कृपाका कारण आफुले परिवारको खर्च धान्न सकेको र कसैसँग हात पसार्नु नपरेको उनी बताउँछन् ।
Loading...
Social Buttons