Loading...

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
सोधी – "दाई ट्याक्सी कुर्नुभएको ?"
"हजुर ।" मैले जवाफ दिएँ ।
"म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।" युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – "कहाँ जानुपर्ने ?"
"धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।" जवाफमा उसले भनी ।
उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – "ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !"
"ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।" उसले खुशी ब्यक्त गरी ।
मैले पनि समर्थन जनाएँ – "हो त ।" अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?
संक्षेपमा भनी – "कलेज पढ्छु ।"
"कतिमा पढ्नुहुन्छ ?" मेरो भद्र प्रश्न थियो ।
उसकोे सरल जवाफ पाएँ – "बि.ए. सेकेन्ड यार ।"
"केहि जबसब पनि गर्नुहुन्छ कि ?" भर्खर बिश्वविद्यालयको पढाई सक्काएर करार प्राध्यापक नियुक्त भएको मैले उसलाई सोधेँ ।
धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – "खास्सै केहि गर्दिनँ !" र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले ।
"अनि मुस्ताङचोक चाँहि किन जान लाग्नुभएको ?" मैले सोधेँ ।
जवाफमा भनिनँ – "मेरो डेरा नै उतै हो ।" अझ बढि जान्न मन लाग्यो त्यसकारण सोधिहालेँ – "कोको बस्नुहुन्छ डेरामा ?"
"ममात्रै !" उसले जवाफ फर्काउदै भनी ।
"साँच्ची काम चाँहि केहि गर्नुहुँदैन ?" फेरि जोड दिदै सोधेँ ।
"अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाईखर्च सघाउनलाई सानो काम चाँहि गर्छु ।" सरसर्ती उसले बताई ।
"सानो काम ?" मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पु¥याउन सकोस् !
"एम कर्लगर्ल !" निर्धक्कसाथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सापनि उसको मुहारमा झल्किएको देखिनँ मैले । म अवाँक रहेँ ।
धेरैबेर चुप लागेर बसेको देखेपछि उसले आफै सोधी – "विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइतबाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।"
म फेरि पनि निशब्दः रहेँ । तालचोकबाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – "ट्याक्सी.."
"दाईको घर नै यता हो र ?" ट्याक्सीभित्र पस्नुभन्दा अगाडि केहिबेर अगाडिदेखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –"यता हैन । पोखराबाहिर हो ।"
ट्याक्सीचालकले युवतीलाई हेर्दै सोध्यो – "कहाँसम्म ?"
मैले जवाफ फर्काएँ – "मुस्ताङचोक !" असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो ।
ट्याक्सी गुड्दासाथ मलाई उसलेमात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो ।
खासमा अघिदेखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –"यस्तो गरिरहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?" मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – "ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल गर्नुप¥यो ?" चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामीतिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो ।
"हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । एम सरी ल!" गल्तीगरेपछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै मायालाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठलाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – "हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई रिग्रेशन फिल हुँदैन ?"
केहिबेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्यालबाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..।
उसले चालकलाई आग्रह गर्दै भ
Loading...
Social Buttons