Latest News

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राजधानीमा उर्लियो जनलहर (फोटो फिचर) !!

Rajabadi-ktm (1)

काठमाडौं, २६ चैत । 'शान्ति र स्थायित्वको लागि नेपालमा राजसंस्थाको आवश्यक छ' भन्ने नारासहित शुक्रबार राजधानीमा लाठी जुलुसको आयाजना गरियो । राष्ट्रिय झण्डा तथा ॐ को ध्वजा समेत बोकेर नारा लगाउदै जुलुसले नगर परिक्रमा गरिएको थियो ।

'राजसंस्था पूनर्स्थापना गर, हिन्दु अधिराज्य कायम गर, जनभावना विपरीतको संविधान २०७२ खारेज गर' भन्ने नारा लगाउँदै जुलुस अघि बढेको थियो । प्रदर्शनकै क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रशासनको हस्तक्षेपका बाबजुद पूर्वघोषित कार्यक्रम अनुसार राष्ट्रिय जनसंघर्ष मोर्चाले सफलताका साथ कार्यक्रम सम्पन्न गरेको थियो ।

संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र अखण्ड नेपालको मूल नारा लिएर अघि बढेको जुलुसको उद्देश्य देशलाई बर्बादीबाट जोगाउनु रहेको बताइएको छ । रत्नपार्कको शान्ति बाटिकाबाट जुलुस सुरु भइ, भद्रकाली, न्यूरोड, असन हुँदै भोटाहिटी पुगी कार्यक्रम समापन भएको थियो ।

जनसंघर्ष मोर्चाको आह्वानमा आयोजित शक्ति प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो । राप्रपा नेपाल समानान्तरको नेतृत्वमा सक्रिय रहेको जनसंघर्ष मोर्चामा २७ दल तथा संघ संस्थाको आवद्धता छ ।

'राष्ट्रिय जनसंघर्ष मोर्चाको लक्ष्य अनुरुप सडक संघर्षको क्रम निरन्तर अघि बढ्नेछ । राष्ट्रियताको सवालमा संकट मडारीरहेको बेलामा, मोर्चाको प्रयासमा जनसमर्थन व्यापक बनीरहेको छ,' जनसंघर्ष मोर्चाको संयोजक श्याम तिमल्सिनाले बताउनुभयो ।

बहुसंख्यक नेपाली जनताको सुझाव लत्याएर बन्द कोठाबाट केही दलका केही नेताले नेपाल र नेपालीमाथि संविधान लादेकै कारण देश अहिले नयाँ चरणको द्वन्द्वमा फस्ने खतरा देखिएको भन्ने मोर्चाको ठहर छ । त्यसैकारण राष्ट्र निर्माणको गतिलाई सही मार्गमा फर्काउन विरोध स्वरुप जनसंघर्ष मोर्चाले शक्ति प्रदर्शन गरेको हो ।

केही दलका केही नेताहरुले संविधानसभालाई रबर स्ट्याम्प बनाएकै कारण देशले दुर्गति बेहार्न परेको निष्कर्ष सहित आन्दोलनको कार्यक्रम अघि बढाइएको थियो । लाठी जुलुसमा राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षधर विभिन्न राजनीतिक दल, संघ संस्था, व्यक्ति विशेषहरुको सहभागिता रहेको थियो । Rajabadi-ktm (4)

Rajabadi-ktm (3)

Rajabadi-ktm (5)

Rajabadi-ktm (6)

Rajabadi-ktm (7)

Rajabadi-ktm (2)
Loading...