Loading...
काठमाडौं, २६ चैत । सत्य सेवा सुरक्षणमःनेपाल प्रहरीको श्लोगान नै हो । समाजमा शन्ति सुरक्षा कायम राख्न प्रहरीको जति भूमिका हुन्छ त्यो समाजमा बस्ने आम नागरिकको पनि त्यत्तिकै भूमिका हुने गर्दछ । अझ अहिले त प्रहरीले प्रभावकारी सेवा दिन र प्रहरी आम नागरिक सामु नजिक हुन मुस्कान सहितको सेवा सुरु गरेको छ ।
कस्तो होला नेपाल प्रहरीको मुस्कार सहितको सेवा ? जो कोहिलाई पनि कौतुहल लाग्ने विषय हो यो । प्रहरीको सेवा त्यो पनि मुस्कान सहितको । यो सेवा सुन्दा जति राम्रो छ व्यवहार पनि त्यति नै कठोर छ । हामीले प्रहरीले दिने मुस्कान सहितको सेवाको एउटा भिडियो कैद गरेका छौं । जहाँ पुरुष प्रहरीले महिलालाई हात पात गरेका छन् ।
यति मात्र हैन ति अवोध महिलालाई प्रहरीले जगल्टामा तानेर घिसार्दै लगेकि छिन् । प्रहरीको यस्तो नालायकी र निकम्मा व्यवहार देखेर अन्य सर्वसाधारणले समेत ती अवोध महिलालाई छोडन आग्रह गरेका छन् । तर ती महिला र पुरुष प्रहरीले उनीहरुको कुराको कुनै प्रवाह नै नगरि कपालमा लागेर घिसारेका छन् । यो दृश्य हेर्दा लाग्छ प्रहरी भाषणमा जति नै सुर्धे पनि व्यवहारमा कहिल्यै सुर्धने छैन । अझै पनि प्रहरीले मानवलाई गर्ने व्यवहार पशुतुल्य नै छ ।
Loading...
Social Buttons