Latest News

अति नै रोचकसत्य तथ्य;अब यौन सम्पर्कबिनै सन्तान जन्माउन सकिने ।।।

सन्तान जन्माउनका लागि शारीरिक सम्पर्क अर्थात सेक्स आवश्यक नपर्ने भएको छ। 

'डिजाइनर बेबी' अवधारणा आएपछि सन्तान जन्माउन यौन सम्पर्क आवश्यक नपर्ने भएको हो । 

साथै सन्तान चाहनेहरुले धेरै विचार गरेर आफ्नो खुसीले भ्रुण चयन गर्ने सक्ने छन् । 

स्टैनफर्ड युनिभर्सिटीका प्रोफेसर ग्रनलीले आफ्नो पुस्तक 'द एन्ड अफ सेक्स एन्ड फ्युचर अफ रिप्रोटक्सन' मा यसप्रकारको दावी गरेका हुन् । 

उनले आफ्नो पुस्तकमा २० देखि ४० वर्षपछि कुनै पनि जोडीलाई बच्चा आवश्यक भए पुरुषको स्पर्म स्याम्पल र महिलाको स्किन स्याम्पल लिए पुग्ने उल्लेख गरेका छन्। 

स्किन स्याम्पलको सहयोगमा स्टेम सेल बनाइनेछ र त्यसलाई स्पर्मका साथ फर्टिलाइज गरिनेछ । फलस्वरुप सन्तान चाहने जोडीहरुले भ्रुणका कयौ स्याम्पल पाउनेछन् । 

जाँचपछि जोडीहरुले जुन चाह्यो त्यही अपनाउन सक्नेछन् । जाँचअन्तर्गत कयौ कुरा पहिला नै थाहा हुनेछ । जस्तो कि स्याम्पल स्वस्थ छ या छैन, कुनै विशेष रोगबाट पीडित छ वा छैन । 

प्रोफेसर ग्रीनलीले बच्चाको बौद्धिस्तर पहिला नै पत्ता लगाउन सकिने विषयमा अहिलेसम्म थोरै संशय रहेको बताए । तर, उनका अनुसार चाँडै नै यो दिशमामा पनि विकास गरिनेछ। 

एजेन्सीको सहयोगमा 
Loading...