Latest News

ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एयरको विमान ; विराटनगरमा आकस्मिक अवतरण !!


विराटनगर, २६ चैत । झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउन लागेको बुद्ध एयरको विमान विराटनगरमा आकस्मिक अवतरण गराइएको छ ।

७२ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एटीआर–७२ विमानको इन्जिनमा समस्या भएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमान उडेको केही बेरमै इन्जिनमा समस्या आएको बताइएको छ । तत्काल चालक दलका सदस्यहरुले विमानलाई सकुशल रुपमा आकस्मिक अवतरण गराएका छन् । 
Loading...