Latest News

Breaking News: ७० जना यात्रु सहितको बस काभ्रेमा दुर्घटना, ३ को मृत्यु अन्य बिवरण आउँ बाँकी भिडियो सहित

काभ्रे, चैत ५ । दोलखाको मुलुङबाट काठमाडौं जाँदै गरेको बा३ख ७९३८ नम्बरको यात्रुबाहक बस शुक्रबार काभ्रेको केराघारीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा दोलखा, डाँडाखर्ककी सुष्मा विकको सनाखत भएको छ भने अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । घटनामा थुप्रै यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

७० जना यात्रु बोकेर तीव्रगतिमा आइरहेको बसले धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा३९प ८६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चाकलको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Loading...