Latest News

मलेसियाले बढायो लेबी, स्थगित शूल्कमा फेरबदल नेपाली कामदारहरु प्रत्यक्ष मारमा !!!

10258684_731360743631076_1381510416225849833_nक्वालालम्पुर, ६ चैत । मलेसियाले आप्रवासी कामदारको लेबी बढाएको छ । बढाईएको लेबी शुल्क पूर्वी मलेसियाको हकमा (सावा र सार्वाक) भने लागू नहुने स्पष्ट पारिएको छ । केही दिनअघि मात्र बसेको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको लेबी तत्काल बृद्धि नगर्ने निर्णय गरे पनि एकाएक फेरि लेबी बढाइएको हो ।
यसअघि घोषणा गरेकै शुल्कलाई फेरबदल गरी मलेसियाले नयाँ शूल्क निर्धारण गरेको गृहमन्त्रालयका महासचिब दातुक सेरी अल्वी ईब्राहिमलाई उध्रित गर्दै मलेसियन सन्चारमाध्यमले जनाएका छन् ।
लेबिलाई पहिले जस्तै २ प्रकारले निर्धारण गरिएको छ । उत्पादन र निर्माणका लागि १ हजार ८ सय ५० आरएम तय गरिएको छ । सेवाको लागि यसअघि नै १ हजार ८ सय ५० आरएम लेबि भएकाले सेवा तर्फको लेबि यथावत छ ।
यस्तै कृषि र बगानका लागि ६ सय ४० आरएम निर्धारण गरिएको छ। उत्पादन र निर्माणतर्फ काम गर्नेले यसअघि वार्षिक १ हजार २ सय ५० आरएम तिर्दै आएकोमा ६ सय आरएम थपिएको हो ।
यस्तै कृषि क्षेत्रमा काम गर्नेले ४ सय सय १० आरएम र बगान क्षेत्रमा काम गर्नेले ५ सय ९० आरएम लेबि तिर्दै आएकोमा कृषितर्फ २ सय ३० आरएम तथा बगान तर्फ ५० आरएम थप तिर्नुपर्ने भएको छ ।
गत फेब्रुवरी १ मा लेवी शुल्क बृद्धि गर्दा ब्यापक बिरोध भएपछि स्थगित भएको थियो । यसअघि उत्पादन निर्माण र सेवाका लागि २ हजार ५ सय आरएम तथा कृषि र बगानका लागि १ हजार ५ सय आरएम लेवी तय गरिएको थियो । यो लेवी शुल्क लागु हुन सकेको थिएन । फेब्रुवरी १ देखि लागु हुने भनि घोषणा गरिएको लेवीको सन्दर्भमा उद्योगी तथा बिभिन्न ब्यबसायी संघका ५५ वटा संगठनले बिरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको थियो । गत फेब्रुवरी १६ मा पनि बिभिन्न २८ वटा उद्योगी तथा ब्यबसायीहरुको समूहसंग सरकारले बार्ता गरेको हो । आप्रवासी कामदारका लागी भने आगामी जुलाई देखि मासिक एक हजार रिंगेट न्युनतम पारिश्रमिक लागू गर्ने मलेसियाले यसअघिनै घोषणा गरिसकेको छ । रोजगारीको लागि धेरै कामदार मलेसिया पठाउने देशमा नेपाल पर्दछ । इन्डोनेसियापछि दोस्रो स्थानमा हालपनि नेपाल छ ।
Loading...