Latest News

उत्तर कोरियाले गर्यो अर्काे ब्यालेस्टिक मिसाइलको परीक्षण, अमेरिकाले नछाड्ने !!

Korea-Hydro-Bam

काठमाडौं, ५ चैत । विश्वकै नाकाबन्दीमा परेको उत्तर कोरियाले शुक्रबार विहानै अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ ।
८ सय किलोमिटर लामो क्षमतामा मार हान्नसक्ने उक्त मिसाइलको उत्तर कोरियाले समुद्रमा परीक्षण गरेको दक्षिण कोरिया र अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् ।
समाचार अनुसार अमेरिकी राष्ट्रपति बाराक ओमाबाले थप नाकाबन्दी गर्ने निर्णय गरेलगत्तै उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको हो । यसअघि अमेरिकी राष्ट्रपति ओबामाले उत्तर कोरियाली सरकारको अमेरिकामा रहेको सम्पूर्ण सम्पत्ति रोक्का गर्न आदेश दिएका थिए ।
यसअघि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुन विपरित मिसाइल परीक्षण गरेको भन्दै संयुक्त राष्ट्रसंघले पनि नाकाबन्दी गर्ने निर्णय गरिसकेको छ । तर नाकाबन्दीको बेवास्ता गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण जारी राखेकाले तनाव बढ्ने देखिएको छ ।
यो परीक्षणबाट अमेरिका झनै आक्रोशित बनेको छ । उसले कोरियालाई नछाड्ने चेतावनी दिएको छ । यता जापानले चिन्ता जनाएको छ ।
Loading...