Loading...
२ चैत, इजरायल- बिगत लामो समयदेखि इजरायलमा चलेको हिँसालाई मध्यनजर गर्दै हिजो १४ मार्चको दिन इजरायली संसदमा आन्तरिक सुरक्षामन्त्रिले प्यालेस्टाइन कामदार बिरुद्ध अहिले सम्मकै कडा कानुन पारित गरेको छ |
लाइसेन्स नभएका कुनै पनि प्यालेस्टाइन कामदारलाई इजरायली कम्पनि या मालिकले काममा लगाएमा या कसैले मोटरमा राखेर काम गर्ने स्थानसम्म पुराएमा मात्रै पनि कडा कारवाहीको भागीदार बनिने भएको छ | जस अनुसार ४०,००० देखि ४,५२,००० इजरायली सेकेल ($10,550 and $119,000) जरिवाना हुने ब्यबस्था छ | प्यालेस्टाइन आक्रमणकारीका नातेदारहरु सबैको वर्क परमिट रद्ध गर्नु प्रधानमन्त्रीले हिजै निर्देशन गरिसकेका छन् |
छुरी आतंकले आजित भएर इजरायली सरकारले कठोर कदम चालेको जनाएको छ | इजरायली पुलिसले गैरकानुनी प्यालेस्टाइन कामदार बिरुद्ध पक्राउ तिब्र बनाएको पनि जनाएको छ |
Loading...
Social Buttons