Loading...
शनिबार दिउसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय बनेपामा सौतेनी आमाको कुटाइबाट शक्त घाइते भएका अविशेक श्रेष्ठले यसरी प्रहरीलाई आफ्नो पीडा सुनाए । सौतेनी आमाको कुटाईबाट अविशेकको अनुहार पुरै सुन्निएको छ । हात, खुट्टा, ढाड पेज टाउको र मलद्वारसम्म चोट र घाउ नै घाउ छ । सौतेनी आमाको कुटाइबाट काभ्रे उग्रतारा १ का नौ वर्षिय अविशेक श्रेष्ठ शक्त घाइते भएका हुन् ।
बालकलाइ घाइते बनाएपछि आज स्थानीय महिलाहरुले सौतेनी आमा दुर्गा बस्नेतलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बनेपामा बुझाई केहि बेर धर्ना समेत दिएका छन् । पीडित बालकको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।
Loading...
Social Buttons