Latest News

भारत र पाकिस्तानको महाभिडन्त आज, बाँदरले गर्यो यस्तो अनौठो भविष्यवाणी !!!

काठमाडौं, ६ चैत । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज ‘जन्मैदेखिका दुश्मन’ भारत र पाकिस्तान भिड्दैछन् ।
भारतको कोलकत्तास्थित इडन गार्डेनमा हुने बहुप्रतिक्षित खेल बेलुकी पौने आठ बजे सुरु हुनेछ । यो मैदानमा भारतसँग चारपटक खेलेको पाकिस्तान चारै पटक विजयी भएको छ ।
आजको महाभिडन्तमा भारतलाई चर्काे दबाब छ । किनकि पहिलो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भइसकेको छ । आजको खेल जितेर सेमिफाइनल यात्राको ढोका खोल्नुपर्ने दबाब भारतमाथि छ ।
उता पाकिस्तान भने उत्साहित छ । उत्साहित यसकारण छ कि पहिलो खेलमा उसले बंगलादेशलाई हराइसकेको छ । आजको खेलमा भारतलाई हराउँदै जित हात पारे पाकिस्तान सेमिफाइनल यात्रामा होमिनेछ ।
भारतबिरुद्ध खेलिएका विश्वकपका सबै खेल गुमाएको पाकिस्तानले कोलकत्तामा भने सधै जित्दै आएको छ । यसअघि भारतबिरुद्ध इडन गार्डेनमा खेलिएका चार एकदिवसीय खेलमा पाकिस्तान बिजयी भएको थियो ।
आजको खेलमा भारतमाथि पाकिस्तानले जितोस भन्ने मनोभाव नेपाली क्रिकेट फ्यानहरुले पनि व्यक्त गरेका छन् ।
बाँदरले गर्यो भविष्यवाणी
Inter-view-with-Monkey_144204742
खेलको पूर्वसन्ध्यामा कसले जित्ला भनेर सबैले अनुमान लगाइरहेका छन् । यसैक्रममा पाकिस्तानमा एक जना टेलिभिजन मालिकले बाँदरबाट भविष्यवाणी गराएका छन् ।
पाकिस्तानको जियो न्यूजले पनि पाकिस्तानी खेलाडीको मनोबल उच्च बनाउँदै पाकिस्तानी क्रिकेटरलाई एकजुट भएको देखाउँदा पाश्वमा ‘सेल्फी ले ले रे’ बोलको हिन्दी गीत प्रशारस गरेको थियो । त्यसपछि टीभीका कार्यक्रम सञ्चालकले बाँदर नजिकै बसेर आजको खेल पाकिस्तानले जित्ने बताए । भविष्यबाणी गर्ने बाँदरको नाम शेरा बताईएको छ ।
बाँदरले खेल पाकिस्तानले जित्ने संकेत गरेपछि खुसी हुँदै कार्यक्रम सञ्चालकले भने–‘अब तनाव लिने कुनै काम छैन् ।’
Loading...