Latest News

अब यसरी चौपट हुँदै वैदेशिक रोजगार !!!

काठमाडौं, ११ चैत  ।  वैदेशिक रोजगारी चौपट हुने संकेत देखिन थालेको छ । चालू आर्थिक वर्षको आठ महिनामा औसतमा विदेसिनेको संख्या ४५ प्रतिशतले घटिसकेको छ ।

सरकारको पछिल्लो तथ्यांकले फागुनमा मात्रै विदेसिनेको संख्या गत वर्षको तुलनामा १९.७० प्रतिशतले गिरावट आएको छ । यसकारण यो वर्ष रेमिट्यान्स नघटे पनि अर्को वर्षदेखि प्रत्यक्ष असर देखिनेछ ।

वर्षको आठवटै महिनामा गत वर्षको तुलनामा काम गर्न विदेश जानेको संख्या घटेको छ । साउनदेखि फागुन महिनासम्म लगातार विदेसिने घटे पनि सरकारले कुनै योजना अघि सारेको छैन ।

आन्तरिक बजारमा रोजगारी सिर्जना गर्ने रणनीति छैन, विदेशमा नयाँ गन्तव्य खोज्ने पहल त झन् कत्ति पनि भएको छैन । नयाँ गन्तव्य नखोज्ने अनि पुरानो गुमाउने अनि आन्तरिक बजारमा रोजगारी बढाउने कार्यक्रम नल्याउँदा अर्का वर्षदेखि नै मुलुकभित्र थप बेरोजगारी समस्या चुलिन सक्ने विज्ञको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Loading...