Latest News

यौन सम्पर्क गर्दा लामो समयसम्म टिक्न के–कस्ता उपाय अपनाउनुपर्छ !!! जानीराखौ


नेपालीको लिङ्गख्को नाप
मेरो लिङ्ग आफूलाई सानो छ जस्तो लाग्छ । कुन आकारको लिङ्गलाई ठीक भन्न सकिन्छ । अनि यौन सम्पर्क गर्दा लामो समयसम्म टिक्न के–कस्ता उपाय अपनाउनुपर्छ । म धेरैमा ७ मिनेटसम्म मात्र टिक्न सक्छु । लिङ्ग एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्व बढी छ ।
सन्तान उत्पादन गर्ने अङ्ग भएर पनि यस्तो भएको हुनसक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’सँगै जोडिएको मान्छन्, त्यसैले उनीहरूमा आफ्नो लिङ्गप्रति निकै चासो र चिन्ता हुन्छ । यस्ता कतिपय व्यक्तिले लिङ्गको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर गर्छन् ।
व्यक्तिअनुसार लिङ्गको लम्बाइ तथा मोटाइ एकदमै फरक–फरक हुनसक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । किन्सेले ३ हजार ५ सय पुरुषमा गरेको अध्ययनका आधारमा लिङ्गको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च तथा उत्तेजित हुँदा ६ दशमलव २१ इन्च देखिएको थियो भने सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च देखिएको छ ।
सालाखालाको कुरा गर्दा यस्तै ८८ प्रतिशत पुरुषको लिङ्ग उत्तेजित हुँदा ५–७ इन्चको बीचमा हुन्छ भने उत्तेजित नहुँदा ३–५ इन्च बीचमा हुन्छ । अहिले देशअनुसार लिङ्गको नापसम्बन्धी अध्ययनका नतिजा पनि आएका छन् । अध्ययनअनुसार केही विविधता भए पनि कंगो ९७ दशमलव १ इन्च, इक्वेटर ९६ दशमलव ९ इन्च छन् भने, हल्यान्ड ९६ दशमलव २ इन्च, फ्रान्स ९५ दशमलव ७ इन्च, बेलायत ९५ दशमलव ५ इन्च, संयुक्त राज्य अमेरिका ९५ दशमलव १ इन्च, पाकिस्तानक ९४ दशमलव ८ इन्च, दक्षिण कोरिया ९४ दशमलव ४ इन्च, जापान ९४ दशमलव ३ इन्च, थाइल्यान्ड ९४ इन्च, भारत ९४ इन्च, उत्तरी कोरिया ९३ दशमलव ८ इन्च देखिएको छ ।
नेपालको सन्दर्भमा लिङ्गको नापको तथ्यांक उपलब्ध नभएका कारणले यसै भन्न नसकिए पनि हामी वरिपरिका देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरा मिल्ने भएकाले तुलना गर्न मनासिव नै होला । तपाईंले आफ्नो लिङ्गको नाप नदिएको हुनाले यसै भन्न सकिएन तर आशा गर्छु, जवाफ पाइसक्नु भयो होला ।
यौनसम्पर्कको समय कति हुनुपर्छ यौन सम्पर्कको समय नाप्न यौन क्रियाकलाप जस्तै कि चुम्बन गरेदेखि लिने कि यौनांगको स्पर्स सुरु गरेदेखि लिने भन्ने कुरामा आ–आफ्नै मत होला तर लिङ्ग योनिमा प्रवेश गरेपछिको समयलाई यौन सम्पर्कको सुरुवातका रूपमा लिई जवाफ दिन लागेको छु ।
पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलन सम्मको समयलाई भनिन्छ । यो समय व्यक्ति–व्यक्तिअनुसार फरक पर्छ र एक व्यक्तिको पनि फरक समयमा फरक–फरक नतिजा आउन सक्छ । सामान्यतया यो उमेर बढ्दै जाँदा केही घटेको देखिन्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । सन् २००८ सालमा गरिएको एक अर्को अध्ययनले विपरीतलिङ्गी यौन सम्पर्कमा ७ मिनेट देखाएको छ ।
समय लम्ब्याउन के गर्नुपर्ला रु
तपाईंको यौन सम्पर्कको समय सन्तोषजनक छ । तपाईंले आफ्नो यौन उत्तेजनाको स्तरका बारेमा केही लेख्नुभएको छैन ।सर्वप्रथम त तनाव रहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यौन सक्षमता प्रदर्शनमा सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रर्दशित गर्नु पर्ने दबाब भए समस्या अझ चर्को हुन सक्छ । यस्तो स्थितिलाई उभायचmबलअभ बलहष्भतथ भनिन्छ ।शीघ्र स्खलनको समस्यालाई आफैंले कम गर्न सकिने केही उपाय यौनसम्पर्कको समय लम्ब्याउन पनि प्रयोग गर्न सकिन्छ । त्यसका केही उपायका सम्बन्धमा छोटकरीमा चर्चा गरौं ।
यौनसम्पर्क रोक्ने–सुरु गर्ने
यौन सम्पर्कका क्रममा स्खलनहोला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडालाई रोक्ने र उत्तेजना केही कम भए पछि पुनस् प्रारम्भ गर्ने । आसन परिवर्तन गर्ने लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा स्खलनलाई ढिलो गर्न मद्दत पुग्छ ।
लिंग अँठयाउने
यौन सम्पर्कका क्रममा स्खलनहोला जस्तो भए तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भए पछि पुनस् यौनक्रीडा सुरु गर्ने ।
Loading...