Latest News

आयल निगमका कर्मचारी यसरी कमाउ धन्दामा लागेका रहेछन्, जनताले कसरी पाउन् इन्धन

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कानिगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का
काठमाडौं, २७ माघ । भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव झेलिरहेका जनतालाई नेपाल आयोल निगमले पेट्रोल, डिजेल, मट्टीतेल नदिएर ब्ल्याकमा बिक्री गरिरहेको अर्को रहस्य बाहिर आएको छ ।
नेपाल आयल निगमका कर्मचारीको मिलोमतोमा तेलमा कालोबजारी भएको सबैले आरोप लगाइरहेका छन् । निगमले यसलाई खण्डन गर्न पनि सकेको छैन । र बलियो आधारका साथै केही भनेको पनि छैन ।
यतिसम्मकि काठमाडौंका थानकोट डिपोमा तेल राख्ने स्थान नहुँदा पनि सर्वसाधारण उपभोक्तालाई निगमले तेल नदिइ कालोबजारीमा बिक्री गरेको समाचार बाहिर आएको थियो । यस विषयमा पनि निगमले आधिकारिक रुपमा केही भनेको छैन । सरोकारवाला निकायले पनि त्यसको खोजविन के गरेको छ केही भनेको छैन ।
इन्धन अभाव हुँदा पनि राजधानीमा घण्टौँसम्म ट्राफिक जाम हुने गरेका छन् । इन्धनमा कालोबजारी नभको भए राजधानीमा गुड्ने सवारी साधनले कसरी तेल पाए ?
यसैक्रममा अधिकारकर्मी सुबोधराज प्याकुरेलले नेपाल आयल निगमका डिपोहरुले ठूला व्यवसायीहरुलाई प्रतिलिटर १५ रुपियाँ घुस लिएर तेल बिक्री गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘प्रतिलिटर रु १५ घुस लिएर आयल निगमका डिपोहरुले ठूला व्यवसायीलाई ट्यांकरका ट्यांकर तेल बेचे, बेच्दैछन् । कुनैदिन जाँच अभियोजन होला ? नेपाल सरकार र प्रधानमन्त्री ज्यू ?’
पक्कै पनि प्याकुरेल जस्ता अधिकारकर्मीले केही सूचना नपाएर सामाजिक सञ्जालमा लेख्नु भएको होइन । उहाँले यस विषयमा निगमका अधिकारीले प्रतिलिटर १५ रुपियाँ रकम लिएको थाहा पाएरै यस्तो लेख्नु भएको हो ।
सरकारले अब निगमका अधिकारीलाई कारबाही गरेर देखाउनु पर्छ भन्ने उहाँको भनाइ छ ।
Loading...