Loading...
माईशेक नामक यो एप स्मार्टफोन एक्सीलरोमीटरको सहयोगले भूकम्पबाट जमीनमा उत्पन्न हुने झट्का (कम्पन)लाई रेकर्ड गर्ने गर्छ । सोही कम्पनलाई मापन गरेर ‘एप’ले केही समय अगाडि भूकम्पको जानकारी गराउँछ ।
यो एक एन्ड्रोयड ‘एप’ हो । जो गूगल प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ । यसका लागि myshake टाइप गरेर सिधै डाउनलोड गर्न सकिन्छ । कम ऊर्जामा चल्ने यो ‘एप’मा मौजुद एक्सीलरोमीटर राति र दिउँसो कुनै पनि समयमा भूकम्पको झटकाको रेकार्ड गरेर जानकारी दिने समाचारमा उल्लेख छ ।
युनिवर्सिटी अफ कैलिफोर्नियाको यो एप परियोजनाका मुख्य रिचर्ड एलेनले भनेका छन्, ‘माईशेक अमेरिकी भूवैज्ञानिक सर्वेक्षण, युनिवर्सिटी अफ कैलिफोर्निया, युनिवर्सिटी अफ वाशिंगटनद्वारा चलाइएको छ । ती पारम्परिक भूकम्पीय नेटवर्कको स्थानमा लैजान सकिँदैन । तर हामीलाई लागेको छ यो ‘एप’ ती देशहरू जहाँ भूकम्पको झट्का आइरहन्छ त्यहाँ काम लाग्न सक्छ । जहाँ पारम्परिक भूकम्पीय नेटवर्क छ । यसले गर्दा ती इलाकामा ‘एप’ जीवनक्षक बन्न सक्छ ।’ एजेन्सी
Loading...
Social Buttons