Latest News

दलहरुलाई पूर्वराजा ज्ञानेन्द्रको चुनौति– मैले दरबारमात्रै छाडेको हुँ, घरबार हैन

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजतन्त्र फर्कन सक्ने संकेत गर्दै विगतमा आफू जनताको चाहना अनुसार मात्रै दरबारबाट बाहिरिएको बताएका छन् । 
२९४ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा एकता र सदाशयताको आह्वान गर्दै ज्ञानेन्द्रले आफूले दरबार छाडेपछि घरबार नछाडेको बताएका छन् ।
उनको आह्वानमा भनिएको छ, ‘ शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।
पूर्वराजा ज्ञानेन्द्रले अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् त्यो पनि खूलस्त हुनुपर्ने पक्षमा रहेको र त्यो समयको माग पनि भएको उनले बताएका छन् ।
उनले पुस २७ गतेलाई नेपाली भएर सोच्ने र सम्झने दिन भएको उल्लेख गर्दै भनेका छन, ‘ यही दिन यहांको पवित्र भुमिमा जन्मीएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहवाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो । ’
उनले अ िहले देश भित्र विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर अनेक बखेडा सिर्जना भएको उल्लेख गर्दै त्यो गलत भएको समेत बताए ।
उनले भनेका छन्, ‘ आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनूत्पादन र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ । त्यो गम्भिर चिन्ताको विषय हो ।’
पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट २९४ औं पृथ्वी जयन्तीका उपलक्ष्यमा एकता र सदाशयताको आव्हान
नेपाली भएर सोच्ने, सम्झने दिन पूष २७ हो । यही दिन यहांको पवित्र भुमिमा जन्मीएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहवाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो । 
पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलीरहने चेतना र प्रेरणाको कूरा – राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सवै नेपाली यही फूलवारीमा जति बढी समाहित हून सक्छौ उतीनै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको यूग चेतना हूंदा हूदै पनि अहिले हामी किन, कून्नि दिग्भ्रमित छौ । सोचनीय कूरा छ – देश भित्र अहिले विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा खडा भएका छन् यो कदापी राम्रो कूरा होइन । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनूत्पादन र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ– त्यो गम्भिर चिन्ताको विषय हो । 
अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् खूलस्त हुनू पर्दछ भन्ने पनि समयको माग छ । त्यसैले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्टबासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छोडेको हूं । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छाडेको छैन । अनी नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।
जय नेपाल ।
Loading...