Latest News

यस्ता छन् कक्षा ११ को नतिजा हेर्ने ६ तरिका !!!

HSEBपुस ३० । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि सबै तयारी पूरा भएकाले आज दिनभरीमा नतिजा सार्वजनिक गर्ने भएको हो ।
नतिजा सार्वजनिकका लागि सबै तयारी पुरा भइसकेको र कुनै समस्या नआए  आज बेलुकासम्म सार्वजनिक गरिने भएको हो । उच्च माध्यमिक शिक्षा परिषद्ले गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।
नतिजा हेर्ने तरिका
नतिजा प्रकाशन भएपछि फोन तथा इन्टरनेटको माध्यमबाट सजिलै नतिजा हेर्न सकिन्छ  । यस्ता छन् नतिजा हेर्ने तरिका  ।
१) २७२२ मा  एसएमएस पठाएर 
२७२२ मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ  । यसका लागि HSEB टाइप गरेर एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि २७२२ मा एसएमएस पठाउनु पर्ने छ ।

उदाहरण :  HSEB 20032410 लेखेर २७२२ मा पठाउने ।
२) १६०० मा एसएमएस पठाएर 
१६००  मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ  । यसका लागि hseb टाइप गरेर एक स्पेस दिएर आफ्नो जन्म मिति लेखि लेखि १६००  मा एसएमएस पठाउनु पर्ने छ ।
उदाहरण :  hseb 22071382 55/01/01 लेखेर १६००  मा पठाउने ।
३) ५००१ मा एसएमएस पठाएर  
५००१   मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ  । यसका लागि HSEB टाइप गरेर सिम्बल नम्बर लेखेर ५००१   मा एसएमएस पठाउनु पर्ने छ ।
उदाहरण   HSEB 123456789 टाईप गरी ५००१ मा पठाउने
४) आई भीआर मार्फत 
PSTN तथा CDMA का प्रयोगकर्ताले १६०१ डायल गरेर प्राप्त निर्देशन अनुसार आफ्नो नतिजा थाहा पाउन सक्ने छन् ।
५) एचएससीबी डट एनटिसी डट नेट डट एनपीमा पनि नतिजा उपलब्ध हुनेछ  ।
६)  एचएससीबीको आफ्नै वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ । 
Loading...