Latest News

हाइड्रोजन बमको परीक्षणपछि बोले उत्तर कोरियाली राष्ट्रपति, सद्धाम हुसैन बनाउने सपना नदेखे हुन्छ !

एजेन्सी– उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले हाइड्रोजन बमको परीक्षण आफ्नो मुलुकको आत्मरक्षाका लागि नयाँ फड्को भएको बताएका छन् । हाइड्रोजन बमको सफल परीक्षण भएको चारदिनपछि उत्तरकोरियन सेन्टर न्यूज एजेन्सीले उनको आधिकारिक भनाई बाहिर ल्याएको हो ।

राष्ट्रपति उनले उत्तर कोरियाको यो कदमले अमेरिकाको परमाणु युद्धलाई रोक्ने समेत बताएका छन् । उनले भनेका छन्ः ‘यो कदमले कोरियाली प्रायद्धिपमा अमेरिकी साम्राज्यवादद्वारा छेडिएको परमाणु युद्धको खतराबाट आत्मरक्षा गर्ने काम भएको छ । यो एउटा सम्प्रभु राष्ट्रका लागि उपयुक्त समय हो र यो एउटा न्यायसंगत कदम पनि हो, यसको कसैले आलोचना गर्न सक्दैन ।’
केसीएनए राष्ट्रपति उनलाई हवला दिदै भन्छः ‘अमेरिकाले इराकमा तत्कालीन राष्ट्रपति सद्धाम हुसैनलाई गरेको कारवाहीको सपना नदेखे हुन्छ, नकि लिबियाका तत्कालीन राष्ट्रपति मुअम्मर गद्धाफीलाई पदच्युत गरेजस्तो, यी दुवै घटना अमेरिकी साम्राज्यवादले उत्तरकोरियामा गराउन सक्दैन ।’ उत्तरकोरियाले अहिले चालेको कदम नचालेका भए अमेरिकी साम्राज्यवाद पूरै हावी हुने थियो र ती शासकको हविगतमा आफु पुग्ने समेत उनले खुलासा गरेका छन् ।
उत्तरकोरियाले लगातार अमेरिका र उसको सहयोगी दक्षिण कोरियालाई युद्धको वकालत गर्दै आएको आरोप लगाउँदै आएको छ । उसले जनवरी ६ मा चौथो पटक हाइड्रोजन बमको सफल परीक्षण गरेको थियो । त्यसयता, विश्वभर उत्तरकोरिया र उसले चालेको कदमविरुद्ध आलोचना हुँदै आएको छ । अमेरिका र दक्षिणकोरियाले त उसको सिमानामा बमवर्षक विमानहरुसहित सुरक्षा सतर्कता समेत अप्नाएको छ ।
Loading...