Latest News

भारतीय राज्यसभामा नेपालको पक्षमा यसरी हुँक्कार छेडे शरद यादवले !

Sarad yadavकाठमाण्डु, २१ मंसिर भारतको जनता दल युनाइटेडका नेता शरद यादवले भारत र नेपालबीच युगौदेखिको सम्बन्ध भएकोले भारतलाई संकट पर्दा नेपालले जहिल्यै साथ दिएको बताएका छन् । सोमबार राज्यसभामा भएको नेपाल विशेष छलफलमा उनले सो कुरा बताएका हुन् ।
नेपालको गहिरिँदो संकट र त्यसको समाधानका बारेमा बोल्दै नेता यादवले नेपाल र नेपाली जनताले भारतले चालेको कदमले निकै दुःख पाएकोले विदेशमन्त्री सुस्मा स्वराजसँग नाकाबन्दी र यो समस्याको समाधानका लागि चाँडै पहल गर्न आग्रह गरे ।
विश्वसँग सम्बन्धको दाँजोमा नेपालसँगको सम्बन्धलाई तुलना गर्दै यादवले नेपाली जनतासँगको सम्बन्ध निकै आत्मिय भएको बताए ।
नेपाल भारतबीचको सम्बन्ध बेलाबेलामा बिग्रिने गरेपनि अहिले भने भारतकै कारण सम्बन्ध बिग्रिएको उनले जिकिर गरे ।
नेता यादवले भारत सँधै नेपालको कुरामा हस्तक्षेप गरेर दबदबा गर्न चाहिरहेको समेत आरोप लगाए । मधेस समस्या नेपालको आन्तारिक मामला भएको बताउँदै उनले त्यो समस्या नेपालीहरुलाई समाधान गर्न छुट रहेको प्रस्ट पारे ।
यादवले नेपालमा भारतले हस्तक्षेप गर्न चाह्यो भने त्यो ठिक नहुने समेत जिकिर गरे । सभाहललाई स्तव्ध पार्दै नेता यादवले भारतले चालेको कदमले नेपालमा साना बालबच्चा, बृद्ध बाआमाको बिजोग देखिएको र त्यो आँस पुछ्न पनि संकटको समाधानका लागि भारतीय सरकारसँग आग्रह गरेका थिए ।
Loading...