Loading...
अमेरिकामा पोर्नस्टार भएपनि नेपाली चेली भएकाले नेपालमा पनि उनको चर्चा छ । पोखराबाट पढाईको प्रलोभनमा अमेरिका पुगेकी विन्दु त्यहाँ पुगेपछि पोर्नस्टार बनिन् । उनको भनाई अनुसार उनी रहरले नभई बाध्यताले पोर्नस्टार बनेकी हुन् ।
जसको पुष्टि मंगलबार त्यहाँ एक स्थानीय अदालतले गरिदिएको छ । अदालतले विन्दुका श्रीमानलाई पोर्नस्टार बन्नुको मुख्य दोषी ठहर्याएको छ । ड्यालसबाट प्रकासित “द ड्यालस मर्निगं न्यूज”मा मंगलवारको समाचार अनुसार स्टेट डिष्ट्रिक्ट जज मार्टिन जे होफम्यानले विन्दुका पूर्वपति टम र्यान्डेल सेवेललाई विन्दुलाई यौन फिल्म खेल्न वाध्य वनाएको, यस सम्वन्धि भिडियो र तस्विर वनाई इन्टनेटमा राखेको आरोपमा दोषी ठहर गर्दैै उक्त रकम हर्जनाका रुपमा विन्दुलाई झण्डै ७५ करोड नेपाली रुपैंया (७२ लाख ५० हजार अमेरिकी डलर) तिर्न फैसला गरेको छ ।

श्रीमानसँग विन्दु
अमेरिकाको टेक्सास स्थित ड्यालस काउन्टी अदालतको फैसलाका समयमा सेवेल अदालतमा उपस्थित थिएनन् । दुई जना सन् २०१२ मा अलग भएका थिए । विन्दुले गत बर्ष ५८ बर्षीय सेवेलविरुद्ध आफ्ना नांगो भिडियो तथा दृष्यहरु अनलाइनमा राखेकामा आपत्ति जनाउँदै अदालत गएकी थिइन् । आफूलाई जवजस्ती यस्तो कार्य गर्न वाध्य पारेको उनको दावी थियो । पोखराकी विन्दु नर्स पढ्न अमेरिका आएकी थिइन् । सेवेलले उनलाई विद्यार्थीका रुपमा अमेरिका आउन मद्दत गरेका थिए । द ड्यालस मर्निगं न्यूजले विन्दुसंग नेपालमा उनको परिवारले पाएको कष्ट लगायत विविध पक्षवारे कुरा गरेर लामो फिचर समाचार प्रकाशित गरेको छ । यसमा उनले आफ्नो विवाहदेखिका कष्टहरु वताएकी छन् । पोर्न स्टारको परिचयसहित अन्तवार्ता सहमतिविना छाप्न पाइँदैन तर, पत्रिकालाई उनले आफ्नो कष्ट सार्वजनिक गर्न सहमति दिएकी छन् ।
विन्दु परियारका पूर्वपतिले जव उनी अमेरिका आइन् त्यसपछि नेपाली पहिरन छाडेर मिनी स्कर्ट लगाई व्यापारमा जान वाध्य वनाए उक्त समाचारमा उल्लेख छ । विन्दुका तर्फवाट अदालतमा पेश गरेको कागजातमा पनि उनका पूर्वपतिले कृतिम रुपमा स्तन ठुलो वनाइन लगाउने र पासपोर्ट लुकाईदिई नांगै क्लवमा काम गर्न लगाएको र जव त्यहाँवाट पनि पर्याप्त पैसा आएन अन्य व्यक्तिहरुसंग यौन सक्पर्क गर्न वाध्य पारेर यसको फिल्म खिचेको उल्लेख छ ।

विन्दुले उक्त पत्रिकालाई भनेकी छन्–जव मैले उसलाई छांडे त्यसवेला उसले मलाई जवरजस्ती पोर्न स्टार वनाइसकेको थियो । उनी आफ्नो पीडा व्यक्त गर्दै भन्छिन–कयौं अन्जान व्यक्ति रेष्टुरेण्टमा आएर भन्छन्, मैले तिम्रो भिडियो हेरेको छु तिमी कति पैसा लिन्छौँ । तर, २७ बर्षीया विन्दु भने आफ्नो परिवारलाई सहयोग गर्न अमेरिकामा नर्सिङ पढ्न आएको महिलाका रुपमा चिनाउन चाहन्छिन् ।
विन्दुका इन्टनेटमा दुई हजार पृष्ठ भन्दा वढी नग्न र अर्धनग्न दृष्यहरु छन् । तर, कुनै पनि उनको सहमतिमा राखिएका होइनन् । अझ पनि राख्ने क्रम नरोकिएको उनको गुनासो छ । जव विन्दु एक बर्षकी थिइन् त्यसवेला सेवेलले उनको नातेदारसंग विवाह गरेका थिए । त्यसपछि सेवेलले विन्दुलाई बोर्डिङ स्कुलमा पढाउनका लागि उनका गरिब परिवारलाई पैसा दिने प्रस्ताव राखे । उनका परिवारले बोर्डिङ स्कुलको फिस तिर्न सक्दैनथ्ये त्यसले छोरीको भविष्यका लागि प्रस्ताव नमान्ने भन्ने थिएन । विन्दुले स्कुलमा अंगे्रजी सिकिन र नर्स पढ्ने सपना वनाइन् । सेवेलले ति नातेदारलाई डिभोर्स गरी फेरि परिवारकै अर्की सदस्यसँग विवाह गरे। यो विवाह पनि सन् २००८ मा समाप्त भएपछि सेवेलले विन्दुसंग सम्पर्क वढाए । उस वेला उनले विन्दुलाई यदि अमेरिका आउने हो भने कलेजमा भर्ना गरिदिने आश्वासन दिएका थिए । तर, जव विन्दु अमेरिकाको मन्टोनास्थित सेवेलको घरमा आइन् उनले उसलाई पहिले भन्दा फरक पाइन् ।

अमेरिकामा आएपछि सेवेलले उनलाई कहिले लामो कपडा लगाउन दिएनन् वाहिर जान समेत रोके कलेज भर्ना हुन आवश्यक जीइडी परिक्षा दिन समेत जान दिएनन विन्दु भन्छिन् । त्यसपछि उनले नै स्थानिय नांगै नाच्नु पर्ने क्वलमा काम गर्न भने । विन्दुले यसरी सेवेलले वाध्य पारेर आफुलाई यस्तो व्यवसायमा ल्याएको वताएकी छन् । सेवेलले यति मात्र गरेनन् उनको पासपोर्ट र इमिग्रेसन सम्वन्धि कागजात पनि लुकाइदिएको र कुनैपनि वेला समाउन सक्ने धम्कीसमेत दिएको विन्दु वताउँंछिन् ।
सेवेल र विन्दु सन् २०१२ मा मन्टोनावाट टेक्सास स्थित ड्यालस वस्न आए । विन्दु ड्यालसको जेन्टलमेन क्लव बबि डल्समा नाच्न थालिन । एक दिन दुईवीच धेरै ग्राहकको घरमा नगएको विषयमा विवाद भएको थियो, यो विवाद प्रहरीसम्म पुगेको वारेन्ट सम्वन्धि कागजातमा उल्लेख छ । यसपछि सेवेलले उनलाई जवजस्ती दुव्र्यवहार गरेका थिए । डलास प्रहरीले सेवेलमाथि मानव बेचविखनमा संलग्न भए नभएकावारेमा पनि अनुसन्धान गरिहरेको छ ।

सेवेलविरुद्ध सन् २०१२ मा घरायसी हिंसा मच्चाएको आरोप थियो । दुई वर्ष निगरानीपछि यो आरोपवाट मुक्त भएका थिए । अनलाइनहरुमा राखिएका उनका थुप्रै दृष्यहरु मेट्न नसकिएपनि उनी अव यस भन्दा फरक जीवन विताउन चाहेको वताउँछिन् । तर, यो सजिलो भने छैन । उनले अर्को रोजगारीका लागि संघर्ष गर्नु पर्छ । उनका नेपालमा भएका परिवारलाई पनि होच्याउनेहरु छन् । त्यहाँ घर वनाएको पैसा कसरी आएको भनेर आैला उठाउने पनि छन् । उनका दुईजना भाईलाई पनि यही आधारमा स्कुलमा दुव्र्यवहार समेत गर्छन्। उनका अनलाइनका तस्विरहरु कयौं वर्ष सम्म नमेटिने भएपनि अदालतको आदेशले हौसला भने दिएको छ । विन्दु र सेवेलवीच झगडा परेपछि सेवेलले जथाभावी लेख्ने र भन्ने गरेको डलासका नेपालीहरु समेत वताउँछन् । केही पहिलासम्म ड्यालसको जेन्टलमेन क्लवमा देखिने गरेकी विन्दु अहिले भने त्यहाँ छैनन् । उक्त क्लवमा काम गर्नेहरु पनि विन्दुका वारेमा जानकारी नभएको वताउँछन् ।

विन्दुले पैसा पाउँलिन् अदालतले उनका पतिलाई हर्जना तिर्न भनेको रकम पाउन भने विन्दुलाई सजिलो छैन । अदालतको फैसलाका वेला सेवेल त्यहाँ उपस्थित थिएनन । अदालतले पटक–पटक यो मुद्दाका वारेमा सम्पर्क गर्दा समेत सेवेल फेला परेनन् । उनका पूर्व वकिलले उनको मुद्दा कयौं महिना अघि नै हेर्न छाडेका थिए । सेवेलले विन्दुले आफूमाथि लगाएको आरोप खण्डन गर्दै अमेरिकाको नागरिकता पाउन आफूलाई उपयोग गरेको जवाफ सम्म पठाएका थिए । यस आधारमा विन्दुले अदालतको आदेश अनुसार हर्जना रकम पाउन सजिलो भने छैन् । अदालतको फैसला अनुसार पैसा नतिर्दा सम्म सेवेलले भने उन्मुक्ति पाउने छैनन् । पैसा नदिए जेल जानुपर्नेछ । (हिमालय खबरबाट साभार)
Loading...
Social Buttons