Loading...
जनकपुर, १४ पुस– आन्दोलनकारी र प्रहरीबीच मंगलबार जानकी चौकीनजिक भएको झडपमा ९५ जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार घाइतेमा सुरक्षाकर्मीतर्फ ४५ जना घाइते भएका छन् ।
आन्दोलनकारीले जानकी चौकीलाई लक्षित गरी २१ वटा पेट्रोल बम प्रहार र प्रहरीलाई ढुङ्गामुढा गर्दा सुरक्षाकर्मी घाइते भएको बताउँदै उनले स्थिति नियन्त्रणका लागि २१ सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए ।
त्यस्तै, आन्दोलनकारीतर्फ ५० जना घाइते भएको सद्भावना पार्टीका अध्यक्ष सञ्जय सिंहले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार आन्दोलनकारीले सोमबार चौकीलाई लक्षित गरी ३५ वटा पेट्रोल बम प्रहार गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका थिए ।
Loading...

Social Buttons