Loading...
बझाङ, ४ पुस– लिखित तमसुक बनाएर बालिकामाथि यौनशोषण गर्ने बझाङको चौधरी गाविसका धनबहादुर विष्ट प्रहरीको फन्दामा परेका छन् ।
आफन्तहरूले बालिकासँगको घटनाको बेलिविस्तार बुझेपछि विष्टले प्रलोभनमा देखाएर यौनशोषण गरेको निष्कर्षसहित प्रहरीसमक्ष निवेदन दिएका थिए । प्रहरीले हाल भैरवनाथ गाविसको सडीखोलामा पसल गर्दै आएका विष्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । ‘बयान गर्दा पैसाको लेनदेन भएको देखिन्छ,’ प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले भने, ‘बालिकालाई प्रलोभनमा पारी यौन शोषण गरेको पाइएपनि विष्टमाथि जवरजस्ती करणीको मुद्दा दर्ता गरेका छौँ ।’
बालिका पढ्ने भैरवनाथ उच्चमावि झोता र विष्टले पसल गर्ने स्थान सण्डीखोलानजिकै रहेको छ । अन्नपूर्ण पोस्ट्बाट
बालिका पढ्ने भैरवनाथ उच्चमावि झोता र विष्टले पसल गर्ने स्थान सण्डीखोलानजिकै रहेको छ । अन्नपूर्ण पोस्ट्बाट
Loading...
Social Buttons