Latest News

अध्यक्ष महतोलाई कुटपिट गरेको विषयमा सरकारले माफी माग्नुपर्छ : मधेसी मोर्चा

Manish-Suman-Neta-Jiकाठमाडौं, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले सरकारले विराटनगर घटनाका सम्बन्धमा माफी माग्नुपर्ने बताउनुभएको छ ।
उहाँले विराटनगरमा पूवघोषित कार्यक्रमअनुसार रानीभन्सारमा धर्नामा बस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेर शनिबार आफ्ना अध्यक्ष राजेन्द्र महतोलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै आत्ति जनाउनुभयो । महासचिव सुमनले सरकारले सो घटनाका विषयमा माफी नमाग्दासम्म वार्तामा सद्भावना पार्टी नबस्ने बताउनुभयो ।
दैनिक नेपालसँग आज बिहान कुरागर्दै महासचिव सुमनले भन्नुभयो, ‘शान्तिपूर्ण धर्नामा बसेको व्यक्तिलाई कुटपिट गरेर गम्भीर घाइते बनाउनु पाइन्छ ? सो घटनाका विषयमा सरकारले माफी मागेर दोषीलाई कारबाही गर्नुपर्छ । अन्यथा वार्ताको कुनै अर्थ छैन । मधेसी मोर्चा वार्तामा बस्दैन । सद्भावनाको यो मान्यतालाई सबैले मान्ने छन् ।’
रानीभन्सार नाका अबरोध गर्न पुग्नु भएका अध्यक्ष महतोलाई सो क्षेत्रबाट हटाउने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा अध्यक्ष महतोलाई चोटपटक लागेको थियो । घटनाको मधेसी मोर्चाले बिरोध गर्दै आएको छ ।
Loading...