Loading...
भारतस्थित नेपालीहरुको संगठन प्रवासी नेपाली संघ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र भारत नेपाली एकता मञ्चको आयोजनामा भएको सो कार्यक्रममा सयौं नेपालीहरुले भारतको कदम विरुद्ध नारा लगाएका थिए ।
भारत विरुद्धमा गर्न लागिएको सो सभालाई दिल्ली प्रशासनले भने गर्ने अनुमति नदिएको सञ्चारमाध्यामहरुले बताएका छन् । यद्यपि, दिल्ली प्रशासनको सो आदेशलाई पनि नेपालीहरुले तोडेका थिए । कार्यक्रममा भारतीय कम्युनिट पार्टीका नेताहरु समेत सहभागी भएको बताइएको छ ।
नेपाली राष्ट्रियताको रक्षा गरौं र भारतीय हस्तक्षेप तथा अघोषित नाकाबन्दीको विरोध गरौं भन्ने नाराका ब्यानर र प्लेकार्ड बोकेका नेपालीहरुको सो सभा सानदार ढंगले सम्पन्न भएको बताइएको छ । जनसभा दिल्लीस्थित जन्तरमन्तरमा भएको थियो ।

Social Buttons