Latest News

यी हुन् मोदीलाई खुल्लेआम इतिहासकै कलंक घोषणा गर्ने भारतीय बुद्धिजीवी !

ramchandra guhaएजेन्सी– भारतका एक प्रसिद्ध इतिहासकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिलेसम्मकै बौद्धिक जगत विरोधी कलंक प्रधानमन्त्री भएको आरोप लगाएका छन् । भारतका प्रसिद्ध इतिहासकार रामचन्द्र गुहाले सो आरोप लगाएका हुन् ।
शनिबार आयोजित भारतमा ‘अभिव्यक्ति स्वतन्त्रतामा आठ खतरा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोदी सरकारले भारतका विभिन्न प्राज्ञिक विभागहरुमा गरेको नियुक्तिका विषयमा असन्तुष्टि पोख्दै प्रधानमन्त्री मोदीको चर्को आलोचना गरेका हुन् ।
इतिहासकार गुहाले आफुले करिब २५ वर्षदेखि यताका भारतीय सरकारहरुका काम कार्बाहीहरुको नजिकबाट अध्ययन गर्दै आएको दाबी गर्दै अहिलेको सरकारनै इतिहासकै सबैभन्दा बढी बुद्धिजीवी विरोधी सरकार भएको ठोकुवा गरे ।
गुहाले तार्किक र नास्तिक विचारधारा भएका बुद्धिजीवीहरुलाई मोदी सरकारले नमानेको आरोप समेत लगाए । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारतका विभिन्न शैक्षिक र सांस्कृतिक संस्थानहरुमा सरकारले आफु निकट व्यक्तिहरुलाई नियुक्ति दिएको थियो ।
Loading...