Latest News

यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम !!!

यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम
जेन्सी, किशोर किशोरीहरुको समूहले एउटा यस्तो कण्डम तयार गरेका छन् जसको प्रयोग गरेको खण्डमा यौनरोगबाट सजिलै बच्न सकिन्छ । वास्तवमा यो कण्डम लगाएर सेक्स गर्दा यदि यौनसाथीमा यौनरोग छ भने कण्डमले आफ्नो रङ्ग परिवर्तन गर्ने गर्दछ ।
१४ वर्षीय डेनियल अलि, १३ वर्षीय मुआज नवाज र १४ वर्षीय चिराग शाहले यो स्पेशल कण्डमको निर्माण गरेका हुन । उनीहरुले यो प्रोजेक्टलाई एसटीआई अर्थात यौन सम्पर्कबाट हुने संक्रमणको नाम दिएका छन् ।
इलफर्डको इसान न्यूटन एकेडमीसँग सम्बद्ध यी किसोरहरुका अनुसार यौनसम्पर्कको बेला यौनसाथीमा यौनरोग भएको खण्डमा तत्काल थाहा हुने उद्देश्य राखेर यो कण्डमको विकास गरिएको हो ।
यसले गर्दा रोगको जोखिम भएपनि तत्काल सुरक्षा गर्न सकिने र मानिसहरु जिम्मेवार हुने अलीले बताए ।
यो किसिमको कण्डममा एउटा यस्तो इण्डिकेटर लगाइएको छ जसबाट बिभिन्न प्रकारको सक्रमणका बारेमा थाहा पाउन सकिन्छ । फरक फरक संक्रमणमा यसले फरक फरक रङ्ग देखाउने गर्दछ । यो कण्डम विकास गरेकोमा लण्डनमा उनीहरुलाई टिनटेक अवार्ड समेत पाइएको छ ।
Loading...