Latest News

२७ जनाको मृत्यु, ८० जना घाइते

एजेन्सी – अफ्रिकी मुलुक नाइजेरियको लेक चाडको एक साप्ताहिक बजारमा भएको तीन आत्मघाति आक्रमणमा २७ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।
एजेन्सीका अनुसार बिद्रोही बोको हरामले आक्रमण गर्दै आएको यस क्षेत्रमा यो घटनाको भने कुनै समूहले आधिकारीक रुपमा जिम्मा नलिएको बताइएको छ । तर प्रहरीले यो आत्मघाती आक्रमण बोको हरामले नै गरेको हुनुपर्छ भन्ने अनुमान गर्नुका साथै ३ जना महिलाको पनि संलग्नता रहेको बताएको छ । बोको हरामको हिंसात्मक क्रियाकलाप बढ्दै गएपछि यस क्षेत्रमा आपतकालिन अवस्था लागु भएको थियो ।
उत्तरी नाइजेरियाको केहि भूभाग फिर्ता लिन बोको हरामले लेक चा्डको भूमि प्रयोग गरिरहेको थियो । बिद्रोहि बोकोहरामको आक्रमणबाट बच्न त्यसक्षेत्रका नागरिक लेक चाड द्धिपमा बस्दै आएका थिए ।
सन् २००९ देखि अहिलेसम्म बोको हरामको आक्रमणमा नाइजेरियामा कम्तिमा १७ हजारको ज्यान गैसकेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।
Loading...