Latest News

यसरी घरेलु उपचारबाट बढाउनुहोस् आँखाको ज्योती !!! सबैले जान्नैपर्ने

कुविक एनपी न्युज 
हुन त तपाईंको शरिरको सम्पूर्ण भागको आफ्नै महत्व हुन्छ तर सबै अंगहरुमध्ये आँखालाई निकै महत्वपूर्ण मानिन्छ । आँखा तपाईंको त्यो ऐना हो जसले तपाईंलाई संसारको निकै राम्रा कुराहरु देखाउने गर्दछ । संसार नियाल्नका लागि एउटा महत्वपूर्ण अंग भएका कारण यसलाई विशेष रेखदेखको आवश्यक छ । थाहा पाऔँ केहि घरेलु उपायः
१. आँखाको व्यायामः
आँखाको व्यायाम गर्नाले आँखाका तन्तुहरु लचिलो हुनुका साथै आँखाको रक्तसंचार पनि राम्रो हुने गर्दछ जसको असर आँखाको ज्योतीमा पर्ने गर्दछ । आँखाको व्यायाम तपाईंले यसरी पनि गर्नसक्नुहुन्छः एउटा कलम लिनुहोस्, त्यसलाई एउटा हातले टाढाबाट समात्नुहोस् र त्यसमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र कलमलाई बिस्तारै बिस्तारै आफ्नो नाक नजिक लानुहोस् र फेरि टाढा राख्नुहोस् । याद राख्नुहोस्, तपाईंको नजर कलमबाट कतै नजाओस् । यस्तो तपाईंले दिनको १० पटक गर्नुभयो भने यो निकै फाइदाजनक हुन्छ । यसका साथै आँखामा दबाब नपर्ने गरि कुनै पनि वस्तुमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् । सबैभन्दा राम्रो तरिका भनेको चन्द्रमामाथि ध्यान केन्द्रित गर्नु हो । यस्तो हरेक दिन पाँच मिनेटसम्म गर्नुहोस् । राम्रो परिणामको लागि आँखाको व्यायाम हरेक दिन गर्नुहोस् ।
२. सनिङ र पामिङः
सनिङ र पामिङ आँखाको लेन्सको लागि निकै फाइदाजनक मानिन्छ । सनिङद्वारा सूर्य उपचारको क्षमतामा वृद्धि हुने गर्दछ भने पामिङद्वारा आँखालाई आनन्द हुने गर्दछ । सनिङका लागि आँखालाई बन्द गरेर गहिरो सास लिँदै सूर्योदयको समयमा सूर्यतर्फ करिब दुई मिनेटको लागि हेर्नुहोस् । याद रहोस्, यस्तो गर्दा तपाईंको आँखा बन्द हुन आवश्यक छ । पामिङका लागि दुबै हातलाई एकआपसमा रगड्नुहोस् र बिस्तारै दुबै हत्केलाले आफ्नो आँखा बन्द गर्नुहोस् । यस्तो दिनमा धेरैपटक गर्नुहोस् र हातले आँखा छोप्दा कुनै राम्रो दृश्यको कल्पना गर्नुहोस् ।
३. अमलाः
अमलामा भिटामिन सीको मात्रा भरपुर पाइने गर्दछ । भिटामिन सी धमनीको स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ जसले आँखाको रक्त संचार सहि तरिकाले हुने गर्दछ । यसका साथै भिटामिन सीले रेटिनाको कोशिकाहरुलाई पनि फाइदा पुर्याउने गर्दछ ।
४. आहारः
आफ्नो खानामा यस्तो आहार संलग्न गर्नुहोस् जसमा भिटामिन ‘ए, बी, सी, डी, ई, बिटा क्यारोटिन’ को मात्रा धेरै हुन्छ । यिनीहरु सबै आँखाको लागि राम्रो मानिन्छ । राम्रो ज्योतीका लागि गाजर, चुकन्दर, शख्खर खण्डा, ब्लुबेरी, ब्रोकोली, बन्दाको सेवन गर्नुहोस् । बोसोयुक्त माछा, अण्डा, बदाम र बीउहरु पनि आँखाको लागि राम्रो मानिन्छ ।
५. आँखाको परिक्षणः
आँखाको नियमित परिक्षण गराउनुहोस् ।
Loading...