Latest News

भारतले माओवादीलाई अन्तर्राष्ट्रिय कठघरामा उभ्याउने !

काठमाण्डु, २० कात्तिक– संयुक्त राष्ट्र संघमा नेपालले कडा प्रतिवेदन राखेपछि भारतले नेपालको प्रश्नको जवाफ दिन सकेन तर उसले आफ्नो एकतर्फी प्रतिवेदन अघि सारेको थियो । नेपालले कडा रुपमा प्रस्तुत हुने खुफिया संस्था ‘रअ’बाट चाल पाइसकेको भारतले वर्तमान केपी ओली सरकारको मुख्य सहयोगी एकीकृत नेकपा माओवादीलाई तर्साउन जनयुद्धकालिन मुद्धा उठाउन खोजेको छ । भारतले द्वन्द्वकालिन मुद्धा उठाएर माओवादीसँग वर्तमान सत्तालाई छाड्ने बार्गेनिङ गर्ने देखिएको छ । आगामी दिनमा भारतले द्वन्द्वकालिन मुद्धा उठाएपछि अब नेपालका माओवादीलाई भने अप्ठ्यारो पर्ने देखिएको छ । केपी ओली नेतृत्वको सरकार ढाल्ने योजनाअन्तर्गत भारतले अन्तर्राष्ट्रिय फोरममा द्वन्द्वकालीलन मुद्धा उठाएपछि अब नेपाल भारतबीचको सम्बन्ध तत्काल सुमधुर हुनेमा भने आशंका उत्पन्न भएको छ । –जनसवाल दैनिकबाट -
Loading...