Loading...
जेनेभा, मधेसमा संविधान जलाई वितण्डा मचाई रहेका सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जेनेभामा नेपालको संविधान जलाएर राष्ट्रकै बेईज्जती गरेका छन् ।
जेनेभामा जारी अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका सदभावना नेता यादवले मानवअधिकार उच्चायोगको मुख्यालय अगाडि नै आफ्नै देशको संविधान जलाएका छन ।
मधेसमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमाथि दमन भई रहेको प्रतिवेदन समेत पेस गरेको छ । नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने माग उठिरहेको बेला मधेसी नेताले नेपाल सरकारकै खिलाफ आफ्नो मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न जेनेभा पुगेका थिए ।
नेपाल सरकारले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको र आफ्नो मुद्दालाई नयां संविधानमा नसमेटिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना एक पदाधिकारी पार्टीका सहमहासचिवलाई जिनेभा पठाएका थिए ।
जनकपुरमा गत साता भएको मधेसी मोर्चाको बैठकमा सहभागी देवेन्द्र यादवलाई बैठक नसकिंदै जेनेभा उड्न लगाएका थिए ।
यही आईतबार दोहाको कतार हुँदै जेनेभा पुगेका देवेन्द्र यादवले थर्ड एलायन्सका दीपेन्द्र झासंगै जेनेभामा मधेसमा भएको मानवअधिकार उल्लंघनको भिडियो र राष्ट्रिय मानवअधिकार आयोग, एमनेष्टी इंटरनेशनल तथा ह्यूमन राईट वाच डगको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
Loading...
Social Buttons