Loading...
काठमाण्डु, २२ कात्तिक– संयुक्त अरब इमरेट्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको मुलुक पाकिस्तानसँग वान डे क्रिकेट खेलिरहेको छ ।
पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवि क्रिकेटरहरको टोलीसँग नेपाली टोलीले खेल्ने अवसर पाएको हो । ११ बजेर १५ मिनेट जाँदा सुरु भएको खेलमा नेपालले टप जितेर पहिले फिल्डिङ रोजेको छ ।
आवधावीस्थित शेख जायद रंगशालामा एक सुरु भएको ५० ओभरको खे पाकिस्तानले ईंग्ल्याण्डसितको एकदिवसीयका लागि र नेपालले विश्व क्रिकेट लिगका लागि अभ्यास खेलका रुपमा लिएका छन् ।
एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको शक्तिशाली टिमविरुद्ध खेल्ने मौका जुराइदिए पछि नेपालले सो अवसर पाएको हो।
नेपालका खेलाडी
महबुब आलम, बिक्रम सोब, नरेश बुढाऐर, महेश क्षेत्री, शक्ति गौचन, इरशाद अहमद, करण केसी, पारस खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, सरद भेषवाकर
पाकिस्तानी खेलाडी
अहमद सेहजाद, अनवर अलि, अजहर अलि, बबर आजम, बिलाल आसिफ, मोहम्मद हाफिज, मोहम्मद इरफान, मोहम्मद रिजवान, राहत अलि, सरफराज अहमद, सोएब मलिक, वाहब रियाज, यासिर शाह, युनिस खन, जाफर गोहर, अमेर यामिन
Loading...
Social Buttons