Loading...
नेपाल प्रेस युनियन तेह्रथुमले बसन्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले नाकाबन्दी गरेर भारतले मानवताविरोधी अपराध गरेको र नेपालले पाउने अन्तर्राष्ट्रिय पारवहन अधिकार समेत खोसेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘नाकाबन्दीका नाममा भारतले हाम्रो अधिकार खोसेको छ । अझैपनि उसलाई घमण्ड छ कि नेपालमा हामीले जे चाहि त्यो गर्न सक्छौं तर, अब हामी चुप लागेर बस्नुहुँदैन् ।’
नेपालको नयाँ संविधानको विषयलाई लिएर नाकाबन्दी गर्नुले भारत असल छिमेकी नभएको प्रमाणित गरेको उहाँको भनाई थियो । ‘भारतले नेपालमाथि निरन्तर नाकाबन्दी लगाईरहे सरकारभित्र र बाहिर रहेका सबै दल र शक्ति मिलेर अब भारतविरुद्ध लड्न पनि तयार हुनुपर्छ ।’
प्रधानमन्त्री निर्वाचनमा पार्टी सभापति सुशील कोईरालाले उम्मेदवारी दिएर गलत गरेको भन्दै नेता थापाले उम्मेदवारी दिने निर्णय पार्टी नीतिविपरीत रहेकाले त्यसको सम्पूर्ण जिम्मेवारी पार्टीका तीन शीर्ष नेताले लिनुपर्ने बताउनुभयो ।
Loading...
Social Buttons