Latest News

प्रेमीसँग असुरक्षित यौनसम्पर्क राख्दा खोटाङकी युवतीको मुत्यु !!!!

फाइल तस्वीर
खोटाङ,  असुरक्षित गर्भपतन गराएकी खोटाङकी एक किशोरीको चार महिनापछि मृत्यु भएको छ ।
गत साउनमा असुरक्षित तरिकाले गर्भपतन गराएकी बुइपा–४ की १५ वर्षीया सुनिता राईको चार महिनापछि शुक्रबार दिउँसो मृत्यु भएको हो । मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँगको प्रेम सम्बन्धपछि रहेको गर्भपतन गराउने क्रममा अधिक रक्तस्राव भएकाले सुनिताको मृत्यु भएको चिकित्सकले बताएका छन् ।
स्थानीय निजी क्लिनिकबाट गर्भ खोल्ने औषधि खरिद गरेर सेवन गरी गर्भपतन गराएकी सुनिताको अधिक रक्तस्रावका कारण दुबै मिर्गौला काम नलाग्ने भएपछि मृत्यु भएको चिकित्सकको भनाइ छ । करिब तीन महिनाको गर्भ खोल्न दुबैजनाको सहमतिमा असुरक्षित तवरले निजी क्लिनिकबाट औषधि खरिद गरेर सेवन गरेपछि अधिक रक्तस्राव भएको र रक्तस्रावकै कारण सुनिताको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।
गर्भपतनपछि गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अधिक रक्तस्रावका कारण जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो । काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी सुनिताको दीपेन्द्रसँगको प्रेम सम्बन्धलाई विवाहका लागि कानुनी रुप दिन जिल्ला प्रहरी कार्यालय खोटाङ आएको अवस्थामा सदरमुकाम दिक्तेलस्थित एक होटलमा मृत्यु भएको आफन्तले जनाएका छन् । सुनिताको मृत्यु भएलगत्तै उनका प्रेमी दीपेन्द्र र क्लिनिक सञ्चालक स्वास्थ्य चौकी हलेसीका अहेव गइन्द्रकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनिताको मृत्यु भएसँगै उनका प्रेमी र क्लिनिक सञ्चालकलाई पक्राउ गरी कारबाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “तिनीहरु सबैले कानुनविपरीत काम गरेका हुन्,” उहाँले भन्नुभयो, “मर्ने त मरी गई, बाँच्नेलाई कारबाही हुन्छ ।”
असुरक्षित गर्भपतन गराएकी सुनिताको अधिक रक्तस्राव भएपछि सोही समयमा प्रेमी दीपेन्द्रलाई प्रहरीले पक्राउ गरी उपचार खर्च व्यहोर्नुका साथै विवाह गर्ने बताएपछि छाडी दिएको थियो । दीपेन्द्रले सुनिताको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नुका साथै सँगै बसेर हेरचाहसमेत गरेका स्थानीयवासीले बताएका छन् । मृतक सुनिताको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । रक्तस्रावका कारण दुबै मिर्गौैला निष्क्रिय बनेको र सुन्निएको अवस्थामा सुनिता दिक्तेल आएकी थिइन् । रासस
-
Loading...